१३ पुस
काठमाडौं – संघीय समाजवादी
फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान
सरकारले कालोबजारीलाई
प्राथमिकता दिइरहेको आरोप लगाएका
छन् ।
‘अहिलेको सरकार कम्युनिष्टहरुको
नेतृत्वमा बनेको छ,’ सोमबार पार्टी
केन्द्रीय कार्यालयमा आयोजित
प्रशिक्षणात्मक अन्तरक्रियामा नेता/
कार्यकर्तामाझ यादवले भने, ‘तर,
कम्युनिष्टहरुको समाजवादी
अर्थव्यवस्थाको मोडालिटीलाई भन्दा
कालोबजारीलाई प्राथमिकता
दिइरहेको छ ।’
मुलुकको अवस्था दयनीय बन्नुमा टुपी
बाँधेर पढ्नेहरुले लामो समयदेखि
राज्यसत्ता सञ्चालन गर्नाले बनेको व्यंग्य
गरे ।
‘विपक्षी दलका नेताहरुको अनौपचारिक
राजनीतिक भेटघाटका क्रममा टुपी
बाँधेर पढ्ने र नपढ्नेबीचको योग्यता समान
नहुने’ प्रसंग निस्कने गरेको स्मरण गराउँदै
यस्तो व्यंग्य गरेका हुन् ।
‘टुपी बाँधेर पढ्नेहरुमात्रै योग्य हुने भएको
भए मुलुक स्वीटजरल्यान्डभन्दा अघि
जानुपथ्र्यो,’ उनले ठट्यौटी गर्दै भने,
‘किनभने यो मुलुक त टुपी बाँधेर पढ्नेहरुले दुई
सय वर्षअघिदेखि सञ्चालन गर्दै आइरहेका
छन् ।’
अध्यक्ष यादवले लोकतन्त्र आत्मसात
गरिसकेको मुलुकमा समावेशी/
समानुपातिकता अपरिहार्यता रहेको
समेत औंल्याए । उनले सबै जातजातिले
समान अवसर नपाएसम्म देश विकास हुन
नसक्नेतर्फ सचेतपनि गराए ।
साथै, यादवले वर्तमान सरकारलाई
कालोबजारीबाट आर्थिक लाभ
मिलिरहेकाले नियन्त्रण गर्न नचाहिरहेको
आरोप लगाएका छन् । उनले मण्डलेको
सहयोगमा कम्युनिष्टहरुको नेतृत्वमा
सरकार बने तापनि समाजवादी
अर्थव्यवस्थालाई लत्याएको जनाए ।
‘अहिलेको सरकार कम्युनिष्टहरुको
नेतृत्वमा बनेको छ,’ उनले उपस्थित
नेताहरुलाई सम्बोधन गर्दै भने, ‘तर,
कम्युनिष्टहरुको समाजवादी
अर्थव्यवस्थाको मोडालिटीलाई भन्दा
कालोबजारीलाई प्राथमिकता
दिइरहेको छ ।’
मधेस आन्दोलनको प्रसंगमा उनले देउवा,
कोइराला, ओली र सिटौलाले
नमान्दैमा सधैं दुःख भोगिरहनु पर्ने
अवस्थाको अन्त्य हुनुपर्ने बताए । केही
नेताको हठले मुलुक अनिर्णयको बन्दी
बनिरहनु नहुने उनको सुझाव थियो ।
मधेस आन्दोलनमा ५८ जनाले सहादत प्राप्त
गरिसक्दा पनि वर्तमान सरकार मौन
रहेकाले चाँडै नै पहाड र काठमाडौं
केन्द्रीत आन्दोलन चर्काउँदै जाने पनि उनले
बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...