पुस १३, २०७२- विपी
कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत
रहेका सदभावना पार्टिका अध्यक्ष
राजेन्द्र महतोको स्वास्थ्य स्थिति अझै
सामान्य भएको छैन ।
विराटनगर स्थिति स्थानीय गोल्डेन
अस्पतालमा उपचारपछि महतोलाई हाल
धरान पुर्याइएको छ ।
उपचाररत चिकित्सकले कान्तिपुरलाई
दिएको जानकारी अनुसार उनको
रगतमा भएको चिनिको मात्रा अझै
नियन्त्रणमा आउन सकेको छैन । उनि उभ्न
खोज्दा चक्कर आउने समस्या देखिएको छ
।
'टाउकोमा चोट, अनियन्त्रित सुगर, उभ्न
खोज्दा चक्कर आउनु जस्तो समस्या
कायमै रहेकोले उनलाई केही दिन प्रत्यक्ष
चिकित्सकिय निगरानीमा आराम गर्नु
पर्छ', एक चिकित्सकले भने-'उनको
टाउको मात्र नभएर खुट्टा लगायतका
ठाउँमा पनि चोट लागेको छ ।'
गत शनिवार विराटनगर नाकामा धर्ना
वस्दा पुलिसको लाठी प्रहारले
महतोको टाउको, खुट्टा, सहित
शरिरको विभिन्न भागमा चोट
लागेको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...