-->
चिसोले कठ्याङ्ग्रिएर दोलखामा मर्नेको सङ्ख्या १३ पुग्यो


१३ पुस
दोलखा – यस जिल्ला चिसोबाट
मृत्यु हुने भूकम्प प्रभावित वृद्धवृद्धाको
सङ्ख्या दिन प्रतिदिन बढ्दै जान
थालेको छ । विभिन्न गाविसमा गरी
आज थप पाँच जनाको चिसोका कारण
मृत्यु भएको छ ।
भूकम्पले घर भत्किएपछि जस्ताको टहरा
र पालमा बस्दै आएका वृद्धवृद्धा
चिसोका कारण बिरामी पर्ने र मृत्यु
हुने क्रम पछिल्ला दिन बढ्दै गएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार दोलखा
चङ्खु गाविस–७ की ५५ वर्षीय मिठ्ठु
तामाङ, लापिलाङ–३ का ७३ वर्षीय
गम्भीर थामी, पवटी–५ का ५८ वर्षीय
बमबहादुर तामाङ, शैलुङ्गेश्वर–५ का ८२
वर्षीय देवकुमारी कार्की र
कालिञ्चोक–१ की ६६ वर्षीय
सानुमाया थामीको चिसोका
कारण बिरामी परी मृत्यु भएको हो ।
यसअघि भूकम्पले घर भत्किए पछि
जस्ताको टहरामा बस्दै आएका मेलुङ–८
का ६८ वर्षीय विष्णुमाया श्रेष्ठ र ७०
वर्षीय जगतबहादुर श्रेष्ठ, दोलखा
डाँडाखर्क– ८ का ९५ वर्षीय धनराज
तामाङ, झुले गाविस–७ का ८६ वर्षीय
लालबहादुर कार्की, झुले गाविस–४
का ८३ वर्षीय जानुका कार्की,
गैरीमुदी गाविसका ६८ वर्षीय
लालबहादुर तामाङ, बुलुङ गाविस–८
का ६२ वर्षीय भक्तबहादुर मगर र जफे
गाविस–१ का ७९ वर्षीय भद्रकुमारी
पोखरेलको चिसोका कारण मृत्युु भएको
स्थानीयवासीले बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय दोलखाका
प्रहरी नायब उपरीक्षक बेलबहादुर
पाण्डेले दोलखाको केही गाविसमा
वृद्धवृद्धाको मृत्यु भएको जानकारी
आएको भए पनि चिसोकै कारण मृत्यु
भएको हो भने तथ्य प्रमाणित
भइनसकेकोे बताए । जिल्ला स्वास्थ्य
कार्यालय दोलखाका प्रमुख माधव
लम्सालले दोलखाको विभिन्न ठाउँमा
मृत्यु भएका मानिस चिसोको
कारणभन्दा पनि दम, मिर्गौला जस्ता
समस्याले पीडित रहेको बुझिएको
बताए । मृत्यु भएका अधिकांश
दीर्घरोगी भएको उनको भनाइ छ ।
भूकम्पले घर भत्किए पछि टहरामा बसेका
बिरामी, वृद्धवृद्धा, बालबालिकाले
स्वास्थ्यमा कुनै समस्या भए तत्काल
स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न र
तातो कपडा लगाएर बस्न उनले सुझाव
दिएका छन् । मृत्यु हुनेहरुको सङ्ख्या बढेर
सरोकारवालामाथि चुनौती
थपिएको नागरिक समाज दोलखाका
अध्यक्ष चिरञ्जीवी मास्के बताउँछन् ।
सरकारले भूकम्प प्रभावित जिल्लामा
राहत तथा पुनःस्थापनाको काम
प्रभावकारी ढङ्गले अगाडि बढाउन
नसक्दा घरवारविहीन बनेका पीडित
धमाधम बिरामीसमेत पर्न थालेका छन् ।
स्थानीय विकास अधिकारी सीता
परियारका अनुसार दोलखाका
भूकम्पपीडितलाई न्यानो कपडाका
लागि सरकारले दिने भनेको रु १० हजार
वितरण सुरु गरिएको छ ।
जिल्लाको भूकम्पपीडितको
सङ्ख्याको हिसाबले रु ८५ करोड ८५
लाख ८० हजार आवश्यक पर्नेमा अहिले रु
५० करोडमात्र प्राप्त भएको पनि उहाँले
जानकारी दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.