पुस १५
नाइजेरिया– उत्तरी नाइजेरियामा
आइतबार सुरु भएको बम विस्फोट र
कारबम आक्रमणहरुमा परी ७० भन्दा बढी
व्यक्तिको मृत्यु भएको स्थानीय
बासिन्दा र प्रहरी स्रोतले जानकारी
दिएको छ ।
यी आक्रमणहरुमा परी एकसय भन्दा बढी
व्यक्ति घाइते भएका पनि सो स्रोतले
जानकारी दिएको छ । नाइजेरियाको
उत्तरपूर्वी राज्य बार्नोको प्रान्तीय
राजधानी मैदुगुरीको बाहिरी
इलाकामा रहेको एक मस्जिदमा भएको
बम विस्फोटमा परी दर्जनौ
सर्वसाधारण मारिएका नाइजेरिया
प्रहरीले सोमबार बताएको थियो ।
यो घटनामा कति व्यक्तिले ज्यान
गुमाए भन्ने बारेमा भने पुष्टि भइनसकेको
सो राज्यका प्रहरी प्रवक्ता भिक्टोर
इसुकु समाचारदाताहरुलाई बताएका छन्
।
सोमबार दिइएको सो घटनामा कम्ती
३० मारिएको बताइएको थियो ।
विस्फोटन भीषण भएका कारण मस्जिद
नजिकैका भवन र बासिन्दाहरुलाई समेत
हानी पुगेको बताइएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...