सुरुङ्गा (झापा), १५ पुस । मानव बेचबिखन तथा शरीर
बन्धक बनाउने कार्यमा संलग्न तीनजनालाई प्रहरीले
झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको
छ ।
पक्राउ पर्नेमा इटहरी नगरपालिका–३ निवासी १८
वर्षीय मनिष कार्की, मोरङको ववियाविर्ता – ९
निवासी २३ वर्षीय दीपक ऋषिदेव र ललितपुर
उपमहानगरपालिका – १४ निवासी २३ वर्षीय दीपक
कार्की रहेको इलाका प्रहरी कार्यालय
बिर्तामोडले जनाएको छ ।
शनिअर्जुन नगरपालिका – ९ स्थित ओसिम होटल एण्ड
लजको १०२ नं कोठामा एक युवतीलाई बन्धक बनाई
राखेको गोप्य सूचनाको आधारमा छापा मारी
युवतीको उद्धार गरेको प्रहरीले जनाएको छ ।
युवतीलाई बन्धक बनाउने कार्यक्रममा संलग्न होटल
सञ्चालकसमेत रहेका मनिष र सोही होटलमा काम गर्ने
अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको इप्रका,
बिर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले
जानकारी दिनुभयो ।
पक्राउ परेका तीनैजनालाई मानव बेचबिखन तथा
शरीर बन्धकसम्बन्धी मुद्दामा म्याद थप गरी
कारबाही अघि बढाएको बताइएको छ ।
बन्धक बनाइएकी युवतीको प्रहरीले दुई दिनअघि
उद्धार गरेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार
बन्धक बनाइएका युवतीलाई केही ग्राहकसँग यौन
सम्बन्ध राख्न बाध्य पारिएको खुल्न आएको छ ।
युवतीको शरीर बन्धक बनाउन संलग्न सबैलाई पक्राउ
गरेपछि मात्र उनीहरुलाई आज प्रहरीले सार्वजनिक
गरेको छ । दैनिक नेपाल डट कम बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...