-->
मोर्चा कार्यकर्ताको निशानामा माधव नेपालको घर

पुस १५, २०७२- गौर
नगरपालीका-३ स्थित
एमाले नेता माधवकुमार नेपालको घरको
मुख्य गेटमा संयुक्त मधेशी मोर्चाका
कार्यकर्ताले बुधबार फेरी तोडफोडको
प्रयास गरेका छन् । लाठी जुलुसमा
सहभागी मोर्चा समर्थकले नेपालको
घरको गेटमा प्रहार गरेका हुन् ।
सविधानमा अपनत्व नभएको र
सिमाकंनमा असन्तुष्ट जनाउदै आएका
अघि सारेको मधेशको माग सम्बोधन
नगरेको भन्दै मोर्चा समर्थकले पटक पटक
नेपालको घरमा आक्रमणको प्रयास गरी
रिस फेर्दै अाएको छ । हातमा लाठी
बोकेर नारबाजी गर्दै हिडेको
प्रदर्शनकारीले नेपालको घर अगाडिबाट
अघि बढ्ने क्रममा केहीबेर नाराबाजी
गरेर गेटमा लाठी प्रहार गरेका थिए ।
उनीहरु निकै आक्रामक रुपमा गेटमा
लाठी प्रहार गरेर हिडेका थिए ।
यसअघि नेता नपालको घरमा मोर्चा
समर्थकले पटक पटक आक्रमणको प्रयास
गरेका थिए । ३ साता अघि हातमा
ढुंगा र रड बोकेका मोर्चा कार्यकर्ताले
नेपालको घरमा आक्रमणको असफल
प्रयास गरेका थिए । तर त्यहाँ तैनाथ
सुरक्षाकर्मिले उनीहरुलाई लखेटेको
थियो । मुख्य गेटमा रहेको फालमको
गेटमा फलामे रड, भाटा, इट्टाले प्रहार
गर्न लागे पछि सुरक्षाकर्मिले हस्तक्षेप
गरेको हो । नेता नेपाल
सविधानसभाको निर्वाचनमा यही
क्षेत्रबाट निर्वाचित भएका हुन् ।
उनलाई निर्वाचनमा सहयोग गरेका
एमालेका पूर्व जिल्ला नेता रेवन्त झाले
मोर्चाको आन्दोलनको अगुवाई गर्दै
आएका छन् । नेता नेपालको घरमा हुदै
आएको आक्रमणको प्रयासको एमाले
पार्टीले घोर भत्र्सना गर्दै आएको छ ।
ekantipur बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.