पाकिस्तान– उत्तरपश्चिम पाकिस्तान
मार्डान सहरमा सरकारी कार्यालयको
प्रवेशद्वारमा तालिवानी लडाकूले
गराएको आत्मघाती विस्फोटनमा परी
२१ जनाको मृत्यु भएको पाकिस्तानी
सुरक्षा अधिकारीले मङ्गलबार बताए ।
घटनामा दर्जनौँ घाइते भएको जनाइएको
छ ।
मोटरसाइकलमा आएका तालिवानी
लडाकूले आत्मघाती आक्रमण गर्दा २१
जनाको मृत्यु भएको र ६३ जना घाइते
भएको स्थानीय प्रहरी प्रमुख फैसल
शाहजादले एएफपी संवाददातासँग
बताएका हुन् ।
पाकिस्तानी तालिवानी समूहको
गतिविधिमा नियन्त्रण ल्याइएको
सुरक्षा फौजले बताइरहेका बेला सो
आक्रमण भएको छ । तालिवानी समूहले
पाकिस्तानको राजधानी
इस्लामाबादमा सरकारी
विश्लेषकद्वारा उक्त समूहको शक्तिमा
ह्रास आएको विश्लेषण गरिरहेका समयमा
मार्डान सहरमा यो आक्रमण भएको हो ।
मेरो परिचयपत्रको नवीकरण गर्न म
लाइनमा बसिरहेको थिएँ एक्कासी एक
मानिसले आलाहु अकबर ९भगवान् महान
छन्० भनेको सुने लगत्तै विस्फोटका कारण
म जमिनमा ढलेँ, एक २९ वर्षीय कामदारले
आफ्नो घाइते खुट्टा देखाउँदै भने ।
म उठ्दा वरिपरी धुलो र धुवाँले भरिएको
थियो । अनि मेरो घाइते खुट्टा
उपचारका लागि अस्पताल ल्याइयो,
उनले थपे ।
सन् २००४ देखि सुरु भएको तालिवानी
समूहको विद्रोहका कारण अहिलेसम्म
नागरिक तथा सुरक्षाकर्मी गरी जम्मा
२७ हजार मानिसको मृत्यु भएको दक्षिण
एसियाली आतङ्कवादबारे जानकारी
दिने एउटा वेबसाइटमा जनाइएको छ ।
रातो पाटीबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...