बुटवल, १५ पुस । बुटवलमा मंगलबारबाट सुरु भएको स्व.
किरण गुरुङ्ग स्मृति तेस्रो पश्चिमाञ्चल क्षेत्रिय
पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बुधबार तीन
खेल सम्पन्न भएका छन् ।
बुटवलमा जारी लुम्बिनी एक्स्पो २०१५,
अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ मा आयोजना
गरिएको प्रतियोगिता आज (बुधबार) पाल्पा,
बाग्लुङग र म्याग्दी विजयी भएका हुन ।
लिग चरणमा सम्पन्न खेलमा पाल्पाले
कपिलबस्तुलाई ३–० को सोझो सेटले हरायो ।
त्यस्तै दोस्रो खेलमा अर्घाखाँचीलाई ३–० ले
हराउँदै बाग्लुङ विजयी भयो । लगातार दुई खेलमा
पराजित भएको अर्घाखाँची प्रतियोगिता बाट
बाहिरिएको छ । त्यस्तै बुधबार भएको अन्तिम
खेलमा ३–१ को सेटले कपिलबस्तुलाई हराउँदै
म्याग्दी लिग चरणको पहिलो खेलमा विजयी
भएको छ । दुई खेलमा पराजित भएको कपिलबस्तु
पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा बहिरिएका दुई जिल्ला
अर्घाखाँची र कपिलबस्तुलाई मणिमुकुन्द भलिवल
क्लवका अध्यक्ष मिलन राना र रुपन्देही व्यापार
संघका महासचिव डिल्लीराज भण्डारीले नगद १०,
१० हजार प्रदान गरी विदाई गरे ।
प्रतियोगितामा विहिबार पनि ३ खेल सम्पन्न
हुनेछन् । पहिलो खेल गुल्मी र बाग्लुङका बीच हुनेछ ।
त्यस्तै दोस्रो खेल पाल्पा र म्याग्दीका बीच हुने
आयोजकले जनाएको छ । अन्तिम खेल दुई खेलको
नजिता पछि तय हुनेछ । प्रतियोगितामा गुल्मी,
स्याङजा, पर्वत, पाल्पा, अर्घाखाँची, गोर्खा,
नवलपरासी, रुपन्देही, म्याग्दी, बाग्लुङग र
कपिलबस्तु गरी ११ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजयी टिमले नगद ६०
हजारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै उपविजेता टिमले नगद ४० हजार सहित कप मेडल
र प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतिय टिमले नगद २०
हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा सान्त्वना हुने टिमले नगद १०
हजार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेल
प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत सम्मान गरिनेछ । दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...