पुस १५, २०७२- संयुक्त
लोकतान्त्रिक मधेसी
मोर्चाले निकालेको लाठी जुलुसले
कलैयास्थित कांग्रेस र एमालको
जिल्ला पार्टी कार्यालयमा
तोडफोड गर्न पुगेपछि यहाँको स्थिति
तनावग्रस्त बनेको छ । प्रहरीले
प्रदर्शनकारीलाई भगाउनलाई १ राउण्ड
हवाई फायर र ७ राउण्ड अश्रु ग्यास
चलाएको छ । आन्दोलनकारीले
मोतीवागमा रहेको कांग्रेस
कार्यालयमा ढुंगामुडा र तोडपछि
उनीहरु पन्नावागमा रहेको एमाले
कार्यालयमा तोडफोडको प्रयास
गरेपछि स्थिति तनावपूर्ण भएको हो ।
मोर्चाले कलैयामा बुधवार बृहद् लठी
जुलुस प्रदर्शन गरेको छ । गाउँ गाउँबाट
आएका हजारौं मोर्चाका कार्यकर्ताले
कलैया नगरमा प्रदर्शन गरेका हुन् । मधेस
आन्दोलनको माग तत्काल सम्बोधन गर
भन्दै केन्द्रीय पुर्वनिर्धारित कार्यक्रम
अनुसार उनीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरु सबैले हातहातमा लठी, भट्टा र
केहीले धारिलो हतियार खुकुरी, भला र
लठीगडाँस बोकेका थिए । कलैयाको
सिद्धेश्वर र श्री ३ श्री चन्द्र माविमा
भेला भई देवकोटा चोक हुँदै अदालत
रोडबाट बरियारपुर रोड हुँदै भरतचोकमा
पुगेका थिए । भरत चोकबाट
प्रदर्शनकारीहरु कलैया-वीरगन्ज सडकको
भरतचोकदेखि बाल मन्दिरसम्म्ा प्रहरी र
प्रशासन कार्यालय अगाडि प्रदर्शन
गरेका हुन् । प्रदर्शनपछि मोर्चाले
विरोधसभा गर्दै प्याकेजमा माग पुरा
नगरे आन्दोलन जारी राख्ने बताएका छन्
।ekantipur बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...