-->
डिजेल वितरण सहज बन्दै, पेट्रोलमा ‘अंकुश’ कायमै

१५ पुस, काठमाडौं । नेपाल आयल निगमले
काठमाडौंको बजारमा डिजेलको आपूर्ति बढाउने
भएको छ । पछिल्ला दिनमा भारतबाट पेट्रोलियम
आयात सहज भएपछि निगमले बजारमा डिजेलको
आपूर्ति बढाउन लागेको हो ।
यसअघि दिनमा काठमाडौंको थानकोट डिपोबाट
औसतमा २ लाख लिटर डिजेल वितरण भइएरहेकोमा अब
त्यसलाई केही हदसम्म बढाइने आयल निगमका
कार्ककारी निर्देशक गोपालबहादुर खड्काले बताए ।
‘भोलिदेखि काठमाडौंको थानकोट डिपोबाट
बजारमा पठाइने तेलको मात्र बढाउने क्रम सुरु हुन्छ’
कार्यकारी निर्देशक खड्काले भने- सार्वजनिक र
अत्यावश्यकीय सेवाका सवारीलाई सहज रुपमा तेल
उपलब्ध गराउन आपूर्ति बढाउन लागिएको हो ।’
बुधबार दुई लाख लिटर डिजेल बजारमा पठाएको
निगमले भोलि बिहीबार बढाएर झण्डै २ लाख २०
हजार लिटरमा पुर्याउनेछ । स्टक बढ्दै गएपछि बजारमा
डिजेलको आपूर्ति सामान्य अवस्थमा पुर्याइने
खड्काले बताए ।
मोटरसाइकलले नपाउने, कारलाई अर्को साता
आयल निगमले तत्काल निजी मोटरसाइकललाई
तत्काल तेल दिन नसकिने स्पष्ट गरेको छ । पेट्रोलको
आपूर्ति अझै समान्य नभएको र स्टक पनि धेरै नभएका
भन्दै नियमित रुपमा निजी सवारीलाई बाँडन
नसकिने कार्याकारी निर्देशक खड्काले बताए ।
तर, निजी कार तथा जिपलाई अर्को हप्ताभित्र तेल
बाँड्ने आयल निगमको तयारी छ । उनले भने, ‘दुइ
हप्ताअघि मात्रै निजी मोटरसाइकललाई तेल
दिइएको छ । अब कारलाई तेल दिने गृहकार्य भइररहेको
छ ।’
आयल निगमको थानकोट डिपोमा अहिले ८ लाख
लिटर पेट्रोल स्टक छ । त्यसलाई १२ लाख लिटर
बनाएपछि मात्रै निजी कारलाई तेल दिइने उनले
बताए । ‘आज भैरहवाबाट २ देखि ३ लाख लिटर पेट्रोल
भित्रिन्छ । त्यसपछि निजी कारलाई तेल दिने
योजना बन्नेछ’ कार्यकारी निर्देशक खड्काले भने ।
निजी कारलाई चार दिन तेल बाँड्ने निगमको
योजना छ । यसपटक केही पम्पहरुबाट एसएमएसबाट तेल
बुक गर्न मिल्ने ‘क्यु म्यानेजमेन्ट सिस्टम’ पनि लागू
गरिने खड्काले बताए ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.