-->
विवाहको बहानामा भारत लगी बेच्ने विचौलियाको योजना विफल


पुस १५
कपिलवस्तु -विवाहको बहानामा एक
युवतीलाई भारततर्फ लैजाने विचौलिया
अनुप नामले चिनिने निशान गुरुङको
योजना बिफल भएको छ ।
जाजरकोटकी फुलमाया नेपाली (नाम
परिवर्तन) लाई विवाहको मायाजालमा
पारी भारततर्फ लैजाने क्रममा के.आई
नेपालले कपिलवस्तुको कृष्णनगरबाटै
बेचबिखनको उच्च जोखिमबाट बचाएपछि
विचौलिया अनुपको योजना असफल
भएको हो । युवतीलाई सीमा कटाउने
बेला सीमा निगरानीमा रहेको
के.आई.नेपालले शंकाका आधारमा अनुपलाई
सम्पर्कमा लिएको थियो । सोही
समयमा भारतीय नम्बरबाट पटक पटक फोन
आउँदा के.आई. कर्मचारीले रुपा नाम बताई
बोलेपछि आफूले कार रेल स्टेशनसम्म
पठाइसकेको ब्यक्तिले फोनमा बताएपछि
बेचविखनका लागि लैजान लागेको रहस्य
खुलेको के.आई. नेपालका जिल्ला संयोजक
केसर विश्वकर्माले जानकारी दिए ।
अनुपको फन्दामा परेकी फुलमाया
श्रीमान्ले अर्को विहे गरेपछि कामको
सिलसिलामा गाउँकै एक महिलासँग
काठमाडौं गई बसाईंको बेला धादिङ
आरुबोटका विचौलिया अनुपसँग
चिनजान भएको बताइन्छ । अनुपको
नक्कली मायाजाल र लोभलालचमा परी
फुलमाया विवाहबन्धनमा बाँधिएकी
थिइन् । काठमाण्डौंको एक होटलमा
तास खेलेर समय बिताउने अनुप गुरुङ्गले सुरुमा
आफ्नो विवाह कसैसँग नभएको र विवाह
हुनासाथ विवाह दर्ता र नागरिकता
बनाईदिन्छु भनि आश्वासन दिएको
थियो ।
अनुपसँगको विवाहपछि रुपा भनेर चिनिने
मैना नामकी एक महिलाले करीब १०
हजार खर्च गरेर फूलमायाको कपाल बनाई
दिएकी थिईन् । साथै बिभिन्न कपडाहरु
समेत किनिदिएकी बताइन्छ । केही समय
काठमाण्डौं लगायत बिभिन्न ठाउँमा
घुमाएर, पछि भारतमा आफन्त भएको र
भारतमा घुम्न जाने भनी चारजना अनुप,
रुपा, पीडित फूलमाया र अर्की नाम
नखुलेको अन्दाजी १६÷१७ बर्षकी
किशोरी काठमाण्डौंबाट दाङ जाने
गाडीमा आएका थिए ।
कपिलवस्तुको चन्द्रौटामा आई झरेपछि
एउटा कार लिन आएको र होटलमा लगेको
बयानबाट खुलेको छ । कार लिएर आउने
ब्यक्तिलाई रुपाले आफ्नो दाई बताएकी
थिईन् । त्यस रात होटलमा बसी
भोलिपल्ट त्यस होटलमा लागेको खर्च एक
अपरिचित ब्यक्ति आएर पैसा तिरेको
थियो । कृष्णनगर चन्द्रौटा सडक बन्दका
कारण कार लिएर आउने व्यक्तिको
सहयोगमा मोटरसाइकल प्रयोग गरी
कृष्णनगर पु¥याइएको बयानबाट खुलेको
के.आई. नेपालका जिल्ला संयोजक
विश्वकर्माले बताए ।
विश्वकर्माका अनुसार उक्त योजना
अनुसार रुपा नाम बताउने महिला र अनुप
गुरुङ्गको मिलेमतोमा फुलमाया र अर्की
नाम नखुलेकी किशोरीलाई बेच्न लान
खोजेको स्पस्ट देखिन्छ । अनुप गुरुङ्गलाई
नियन्त्रणमा लिएको चाल पाएपछि रुपा
र अर्की किशोरी फरार भएको
के.आई.नेपालकी सूचना तथा संचार
संयोजक सुरक्षा बरालले बताए ।
पक्राउ परेका विचौलिया अनुपमाथि
आवश्यक छानविनका लागि नेपाल
प्रहरीले अनुसन्धान थालेपछि दुईवटी
श्रीमती रहेको खुलेको थियो । पक्राउ
परेका अनुप गुरुङ्ग र रुपा बिरुद्ध मानव
बेचबिखन तथा ओसारपोसार ऐन अन्तर्गत
ई.प्र.का कृष्णनगरमा मुद्धा दर्ता गरिएको
छ । फरार रहेकी रुपालाई प्रहरीले खोज
अनुसन्धान गरिरहेको इलाका प्रहरी
कार्यालयका प्रहरी निरीक्षक नवराज
भट्टराईले जानकारी दिए ।रातो पाटीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.