-->
प्रधानमन्त्री ओली किन जाँदैछन् सुनसरी ?

काठमडौं, ६ पुस । एमाले अध्यक्ष समेत रहुनभएका
प्रधानमन्त्री केपी ओली पार्टीको कार्यक्रममा
सहभागी हुन आज सुनसरी जिल्ला जाँदै हुनुहुन्छ ।
सुनसरी जिल्लामा एमालेको कार्यक्रमलाई ओलीले
उदघाटन गर्ने कार्यक्रम छ ।
बिहान एघार बजे त्यसतर्फ जाने प्रधानमन्त्री ओलीले
एमालेका स्थानीय नेता तथा कार्यकहरूसँग भेट गर्ने
कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
पछिल्लो समय पार्टीको कार्यक्रमलाई
प्राथमिकता दिँदै आउनुभएका ओलीले आइतबार दुई
नम्बर प्रदेशका सांसद र नेताहरूसँग पार्टी मुख्यालय
धुम्बाराहीमा परामर्श गर्नुभएको थियो ।
सुनसरी भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले
जिल्लाका कार्यालय प्रमुखहरूसँग पनि भेट गर्ने
बुझिएको छ । ओलीको भ्रमणलाई लिएर सुनसरी
जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.