-->
रगतको होली खेल्छु भनेपछि डिएसपी बिनोद शर्मा बिवादमा


कलैया ६ पुस । जिल्ला प्रहरी कार्यालय बाराका
प्रवक्ता डिएपी बिनोद शर्माले ‘थुनामा राखेर खुनको
होली खेल्छु’ भन्ने कुरा गर्नुका साथै अपशब्द बोली
बोलेपछि शुक्रबार कलैयामा खेलाबैला मचेको छ ।
जारी मधेस आन्दोलनका क्रममा कलैयाको भरत चौकमा
दिउँसो दलबलका साथ पुगेका डिएसपी शर्माले
आन्दोलनकारीकै बीच अपशब्द बोलेपछि अहिले चर्चाको
बिषय बनेको छ । उनको अभिव्यक्ति लगतै पत्रकार सम्मेलन गरेर
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बारा सहितका दलहरुले
आपति जनाएका छन् ।
कलैयाको भरत चौकमा मोर्चाको बिरोध सभाका लागि
साउण्ड सर्भिसको काम गर्नेले बिधुतको पोलबाट हुक
प्रयोग गर्दै गर्दा चौकमा पान खाईरहेको डिएसपी शर्माले
हुक किन लगाएको, तेरो बाउँको सम्पती हो, तिमीहरुलाई
थुनामा राखेर खुनको होली खेल्छु लगायतका आपतिजनक
शब्द प्रयोग गरेका थियो ।
डिसपी शर्माले यस्तो अपशब्द प्रयोग गरी बोलेपछि कलैया क्षेत्र अशान्त बनेको थियो । मोर्चाका कार्यकर्ताले उनको बिरोधमा
नाराबाजी समेत गरेका थिए । यस बिषयमा डिएसपी शर्मासंग बुझन खोज्दा उनले यि सबै शब्द प्रयोग गरी बोलेको स्वीकार गरेका छन् । उनले
कुराकानीकै क्रममा यिनीहरुलाई मधेसलाई बिहार बनाउँन नदिने पनि बताए ।
यता मधेसी मोर्चाले पत्रकार सम्मेलन गरी बितरण गरेको प्रेस बिज्ञप्तीमा डिएसपी शर्माको मानसिक सन्तुलन बिग्रेको हुन सक्ने भएकाले
उनको उपचार गराउँन नेपाल सरकारसंग माग गरेको छ । डिएसपी शर्माको व्यवहारले आन्दोलनकारी आक्रोसित भएकाले उनलाई प्रहरी
कार्यालयबाट बाहिर ननिष्कन र बाहिर निष्केपनि बढी सुरक्षाकर्मीका साथ निष्कन मोर्चाले अपिल गरेको छ । स्रोत : kalaiyalive.com


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.