-->
जनकपुरमा झडप हुँदा ४५ सुरक्षाकर्मीसहित ९५ जना घाइते



जनकपुर : आन्दोलनकारी र प्रहरीबीच आज जानकी
चौकीनजिक भएको झडपमा ९५ जना घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद
पराजुलीका अनुसार घाइतेमा सुरक्षाकर्मीतर्फ ४५
जना घाइते भएका छन्।
आन्दोलनकारीले जानकी चौकीलाई लक्षित गरी
२१ वटा पेट्रोल बम प्रहार र प्रहरीलाई ढुङ्गामुढा
गर्दा सुरक्षाकर्मी घाइते भएको बताउँदै उनले स्थिति
नियन्त्रणका लागि २१ सेल अश्रुग्यास प्रहार
गरिएको जानकारी दिए।
त्यस्तै, आन्दोलनकारीतर्फ ५० जना घाइते भएको
सद्भावना पार्टीका अध्यक्ष सञ्जय सिंहले बताए।
घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको
छ।
प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार
आन्दोलनकारीले सोमबार चौकीलाई लक्षित गरी
३५ वटा पेट्रोल बम प्रहार गर्दा चारजना
सुरक्षाकर्मी घाइते भएका थिए। रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.