हाट भर्न हिँडेका युवक सात
दिनपछि मृत फेला
खोटाङ, १५ पुस । हाट भर्न गएर घर फर्किएका
खोटाङका एक युवक सात दिनपछि मृत फेला परेका
छन् । जिल्लाको उत्तरी गाविस फेदी–४ का २९
वर्षीय मनकुमार राई मङ्गलबार बेलुका मृत फेला
परेका हुन् ।
गत पुस–८ गते बाक्सिलास्थित बुधबारे हाट भर्न
घरबाट हिँडेका राई छिमेकी गाविस बाँसपानी–
५ मा मृत फेला परेको स्थानीयवासीले बताएका
छन् । गाई चराउन गएका गोठालाले बाँसपानी–५
र ७ को सिमानामा पर्ने ठाडो खोल्सीमा
राईको शव फेला पारेपछि प्रहरी चौकी
बाक्सिलालाई खबर गरेका थिए ।
राईको मृत्युबारेको रहस्य खुल्न बाँकी रहेको
जिप्रका, खोटाङका प्रहरी निरीक्षक सरोज
राईले बताउनुभयो । राईको मृत्युबारे थप अनुसन्धान
गर्न जिल्लाबाट घटनास्थलतर्फ अनुसन्धान टोली
परिचालन गरिएको प्रहरी निरीक्षक राईले
जानकारी दिनुभयो । दैनिक नेपाल डट कम बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...