-->
एसएसबीले नेपाली नागरिकलाई लुट्न छाडेन

विराटनगर, १३ पुस । सुरक्षा चेकजाँचको बहानामा
भारतीय सीमा सुरक्षा बल ९एसएसबी०बाट
जोगबनी नाकामा नेपाली लुटिने क्रम बढ्न
थालेको छ ।
एसएसबीका जवानले सुँगुर खरिद गर्न फारबिसगन्ज
हिँडेका धरानका विक्रम नेपालीलाई नाकामा
चेकजाँच गर्ने बहानामा डर–त्रास देखाएर ३५ हजार
भारु नगद लुटेका छन् । नयाँ पत्रिका दैनिकले
समाचार छापेको छ ।
शुक्रबार बिहान दुई लाख रुपैयाँ भारु बोकेर
मोटरसाइकल चढी सुँगुर खरिद गर्न हिँडेका
व्यापारी नेपालीलाई जोगबनी नाकामा
एसएसबीले जाली नोट तस्करी गर्ने गिरोहको
आरोप लगाउँदै नियन्त्रणमा लिएर बेसक्याम्पमा
चार घन्टा थुनेको थियो ।
पक्राउपछि ५० हजार रुपैयाँ दिए छाड्ने र नदिए
नक्कली नोटको कारोबार गरेको अभियोगमा
फसाइदिने भन्दै धम्क्याएपछि ३५ हजार भारु बुझाएर
आफू छुटेको पीडित नेपालीले जानकारी दिए ।
नेपालीलाई नियन्त्रणमा लिनेबित्तिकै
एसएसबीका अधिकृतले उनीसँग भएको दुई लाख
रुपैयाँ नियन्त्रणमा लिएका थिए ।
छाड्ने क्रममा भने सम्पूर्ण रकम फिर्ता गरेको
कागजमा हस्ताक्षर गर्न लगाए पनि ३५ हजार रुपैयाँ
भने फिर्ता दिएका थिएनन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.