सर्लाही, १४ पुस । नेकपा एमालेका नेता रामनरेश
रायको मंगलबार विहान हत्या भएको छ ।
घरबाट साथीसँग मर्निङ वाकमा निस्किएका ५८
वर्षीय रायलाई हेमपुर गाविस वडा नम्बर ८ मा
अज्ञात समूहले धारिलो हतियार प्रहार गरी
हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले
जनाएको छ ।
रायसँगै मर्निङवाकमा हिँडेका पाँच जनाले भागेर
ज्यान जोगाएको सर्लाही प्रहरी प्रमुख एसपी
केदार ढकालले जानकारी दिनुभयो । उहाँका
अनुसार रायको आँखामा खुर्सानीको धूलो छर्केर
धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो
।
हत्या कस्ले र किन गरेको भन्ने बारेमा केही खुल्न
सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको
प्रहरीले जनाएको छ ।
हेमपुर गाविसका दुईपटक निर्वा्चित अध्यक्ष तथा
जिल्ला विकास समिति सदस्य रहिसकेका राय
लोकप्रिय नेता थिए । उनी पछिल्लो समय
पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे
जनतालाई बुझाउने अभियानमा समेत लागिरहेका
थिए ।
यसैबीच नेकपा एमालेले घटनाका दोषी पत्ता
लगाएर कडा भन्दा कडा कारवाही गर्न सरकारसँग
माग गरेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...