-->
सेनाका जवानले महिलालाई रक्सी पिलाएर बेहोस पारेपछि…


एजेन्सी । अनुशासनको दुनियाँमा नम्बर वान
मानिने सैनिक शासन र सेनाका जवानहरुले त्यो
मान्यतालाई तोडेका छन् ।
रांचीकी एक युवतीलाई नशा लागुञ्जेल रक्सी
पिलाएर भारतीय सेनाका तीन जवानले सामूहिक
रुपमा शारीरिक सम्पर्क राखेका छन् । उनीहरुले रेल
यात्राका क्रममा युवतीको पालैपालो अस्मिता
लुटेका हुन् ।
बलात्कृत युवतीले बाबत थानामा उजुरी दर्ता
गराएकी छिन् । प्रहरीले मुद्दा दर्ता गरेर एक
जवानलाई पक्राउ गरेको छ । दुई जवान फरार छन् ।
उनीहरुको खोजी प्रहरीले गरिरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पीडित युवती
हावडा–अमृतसर एक्सप्रेस रेलमा यात्रा गरिरहेकी
थिईन् । हावडाबाट त्यही रेलमा सेनाको एक
टोली चढ्यो । युवती आफ्नी साथीलाई भेट्न
लुधियाना जाँदै थिईन् । बाटोमा सेनाका तीन
जवानले युवतीलाई रक्सी पिलाउने प्रस्ताव गरे ।
ती युवतीले पनि सहजै विश्वास गरेर हुन्छ भनिन् ।
सेनाका तीनै जना जवानहरुले उनलाई बेहोस हुनेगरी
रक्सी पिलाएर पालैपालो उनको अस्मिता लुटे ।
घटनापछि पीडित युवतीले सोमवार मधुपुर स्टेशनमा
ओर्लिएर प्रहरी चौकीमा उजुरी दिइन् । उनको
उजुरीपछि एक जवानलाई प्रहरीले पक्राउ गरेको छ ।
यो घटनाबारे भारतीय सेनाले कुनै प्रतिक्रिया
जनाएको छैन् । पीडित युवतीको स्वास्थ्य
परिक्षण गराइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.