-->
आगो ताप्ने क्रममा जलेर गुल्मीमा एकको मृत्यु

गुल्मी, १७ पुस । गुल्मीको शान्तिपुरमा आगो ताप्ने
क्रममा जलेर बिहीबार बेलुकी एकजनाको मृत्यु
भएको छ । मृत्यु हुनेमा विशुखर्क–१ बजेनी निवासी
३६ वर्षीय झकबहादुर सार्की रहेका छन् ।
शान्तिपुर बसपार्कमा ज्याला मजदुरी गरेर
चारजनाको परिवार पाल्दै आएका उनी मदिरा
सेवन गरेर घरमै बसेर आगो ताप्दै गर्दा जलेर मृत्यु भएको
इलाका प्रहरी कार्यालय चन्द्रकोटले जनाएको छ

खाना खाएर सार्कीकी श्रीमती र छोरी
नजिकैको होटेलमा टेलिभिजन हेर्न गएको
अवस्थामा सार्की घरमै आगो ताप्दै बसेको
बताइएको छ ।
आगोले झकबहादुरको शरीर पहिचान गर्न नसक्ने गरी
पूरै जलेको छ । आगलागी कसरी भयो भन्ने बारेमा
अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ । दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.