-->
हेलमेट लगाउँदा होस् गर्नुस् ! अब ट्राफिक प्रहरीले नछाड्ने


रत्ननगर (चितवन), १७ पुस । चितवनमा जिल्ला
ट्राफिक प्रहरी कार्यालयले असुरक्षित हेलमेट
नियन्त्रण अभियान सुरु गरेको छ ।
हेलमेटमा लापरबाही गर्ने र तालु मात्रै ढाक्ने
जस्ता साना तथा असुरक्षित हेलमेटका कारण
दुर्घटनामा ज्यान जोखिम हुने भन्दै प्रहरीले यस्तो
अभियान थालेको जनाएको छ । दुई दिनअघिबाट
सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म प्रहरीले १६०
वटा हेलमेट नियन्त्रणमा लिइसकेको छ ।
चितवनका ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी
निरीक्षक राजन भेटवालका अनुसार असुरक्षित
हेलमेट नियन्त्रणमा लिने र सुरक्षित हेलमेट लिएर
आएपछि छाड्ने गरिएको छ । प्रारम्भिक चरणमा
जरिवाना लिने गरिएको छैन, जरिवाना लिँदैन
भनेर लापरबाही गरिएको पाइएमा कडाइका साथ
जरिवाना लिने प्रक्रियासमेत सुरु गर्ने उहाँले
बताउनुभयो ।
यसैबीच ट्राफिक प्रहरीले आज सवारी जाँचका
क्रममा १८० जना चालकलाई कारबाही गरेको छ ।
गएको २४ घन्टाको अवधिमा नियम उल्लङ्घन
गर्नेहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको
छ । उनीहरुबाट करिब रु एक लाख ६१ हजार राजस्व
सङ्कलन भएको छ । जसमा ६ जना मापसे गरेर सवारी
चलाउनेसमेत रहेका छन् । दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.