-->
मधेस उत्रियो आयोग, एक- एकको छानविन गर्दै

गोलबजार (सिरहा), १७ पुस । राष्ट्रिय मानव
अधिकार आयोगका टोलीले मधेस आन्दोलनका
क्रममा सिरहामा घटेका मानवअधिकार हननका
घटनाको आज अनुगमन गरेको छ ।
आयोगकी सदस्य मोहना अन्सारी नेतृत्वको
टोलीले मधेस आन्दोलनका क्रममा राज्यपक्ष र
आन्दोलनरत मधेसी मोर्चाबाट सिरहामा भएका
मानवअधिकार हननका घटनाबारे अनुगमन गरेको हो
। अनुगमनका क्रममा उक्त टोलीले आज लहानमा
विभिन्न राजनीतिक दलका प्रतिनिधि,
सञ्चारकर्मी र स्थानीय मानवअधिकारर्मीहरुसँग
छलफल गरेका छन् ।
छलफलपछि आयोगकी सदस्य अन्सारीले सिरहामा
मात्र नभएर मधेसका अन्य जिल्लामा पनि प्रहरीले
अत्यधिक बल प्रयोग गरेको बताउनुभयो । उहाँले
भन्नुभयो –“तपाईंहरु विश्वस्त हुनुस् । यहाँ उठेका हरेक
सवाललाई समेटेर हामीले प्रतिवेदन सार्वजनिक
गर्नेछौँ ।”
छलफलमा स्थानीय राजनीतिक दलका
प्रतिनिधिहरुले प्रहरीले हामी
आन्दोलनकारीलाई मोदीको छोरा भनेर
दुव्र्यवहार गर्ने गरेको बताएपछि आयोगकी सदस्य
अन्सारीले भन्नुभयो – “सरकारका मन्त्रीहरु,
राजनीतिक दलका नेताहरु र प्रहरीले बोल्ने भाषा
सभ्य नभएको हामीले भनेका छौँ । यो कुरा पनि
हामीले सार्वजनिक गर्ने प्रतिवेदनमार्फत सम्बन्धित
निकायलाई सचेत गराउँछौँ ।”
आयोगले कसैसँग भेदभाव नगरेको दाबी गर्दै उहाँले
राष्ट्रपति विद्या भण्डारीमाथि दुव्र्यवहार
भएको विषयमा उठेको सवालमात्र नभएर सद्भावना
पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि भएको
आक्रमणको विषयमा पनि सत्यतथ्य बाहिर ल्याउने
प्रतिबद्धता जनाउनुभयो ।
छलफलमा स्थानीय राजनीतिक दलका
प्रतिनिधिहरुले आन्दोलनकारीलाई पक्राउ गरी
झुठा मुद्दामा फसाएको, फोन गरी आन्दोलनमा
नआउन धम्की दिएको, शान्तिपूूर्ण आन्दोलनमा
पनि गोली चलाएको र मोदीको छोरा भनेर
तथानाम गाली गरेकोलगायतका मानवअधिकार
उल्लङ्घनका घटना प्रहरीले घटाएको आरोप
लगाएका थिए । दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.