हामीले च्याट गर्नको लागि फेसबुकको म्यासेजिङ एप म्यासेन्जर प्रयोग गर्छौँ। म्यासेन्जरले च्याटका साथैभ्वाइस र भिडियो कलको सुविधा पनि दिएको छ। तर यी सुविधा बाहेक फेसबुक म्यासेन्जरका अरु पनिसुविधा रहेका छन् जसका बारेमा धेरै प्रयोगकर्ताहरुलाई थाहा नहुन सक्छ।म्यासेन्जर एपका माध्यमले आफ्नो बैकं एकाउन्टबाट पैसा पनि ट्रान्सफर गर्न सकिन्छ। पैसा ट्रान्सफर गर्नेतरिका निकै सजिलो रहेको छ। थम्ब आईकन (Thumb Icon) सँगै रहेका तीन बटा डट्स (Dots) मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि पेमेन्ट विकल्प आउँछ। हामी पठाउन खोजेको रकम राख्नु पर्ने हुन्छ। रकम राखी सकेपछिआफ्नो भिजा कार्ड, मास्टर कार्ड वा डेबिट कार्ड एड गर्नु पर्ने हुन्छ। फेसबुकले यस सेवाको कुनै अतिरिक्तचार्ज लिँदैन। तर यसका लागि फेसबुकसँग बैकको सहकार्य हुनपर्छ।च्याटका साथै लोकेशन पनि सेयर गर्न सकिन्छ। यसका निम्ति म्यासेन्जर एपको दाँया तिर रहेको तीनवटाडटहरुमा क्लिक गर्नु पर्ने हुन्छ र त्यसपछि लोकेशन सेट गर्न सकिन्छ। आफ्नो हालको (current) लोकेशन पनिसेयर गर्न सकिन्छ र म्यापमा पनि लोकेशन ट्याग गर्न सकिन्छ।म्यासेन्जरको वेब एपका बारेमा धेरै कम प्रयोगकर्ताहरुलाई जानकारी छ। म्यासेन्जर एपलाई डेस्कटपमा पनिप्रयोग गर्न सकिन्छ। यसको लागि messenger.com मा लग इन (Log In) गर्नुपर्ने हुन्छ।मोबाइल फोनमा म्यासेन्जर एप प्रयोग गर्नको लागि फेसबुक एकाउन्ट जरुरी छैन। प्रयोगकर्ताहरु आफ्नोफोन नम्बरको माध्यमबाट पनि साइन इन (Sign In) गर्न सक्छन्। म्यासेन्जर एकाउन्ट मोबाइल एप र वेबसाइटदुवैबाट बनाउन सकिन्छ।म्यासेन्जरमा आउने नोटिफिकेसनलाई म्युट (Mute) पनि गर्न सकिन्छ। यसका लागि कुनै व्यक्ति वा ग्रुपमाक्लिक गरेर नोटिफिकेशनलाई म्युट गर्न सकिन्छ र कति समय सम्मको लागि म्युट गर्ने भनेर पनि विकल्प हुन्छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...