-->
कड्किए खनाल : मोर्चाले भनेको सबैकुरा मान्नुपर्छ भन्ने कहाँ छ ?

इलाम, पुस १० । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले
सीमाङ्कनको विषयमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर
कुनै हालतमा नटुक्रिने बताएका छन् ।
आज बिहान इलाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले
मोर्चाले राखेको पाँच जिल्ला मधेस प्रदेशमा समावेश गर्नुपर्ने माग
कुनै हालतमा स्वीकार्य नहुने बताए । ‘सबैकुरा
उहाँहरूले भनेको मान्ने भन्ने कहाँ छ ?’ प्रश्न गर्दै खनालले भने,
‘आफूहरूको मागमा उहाँहरू टसमस नहुने, अनि सरकार र राजनीतिक
दलले उहाँहरूको माग मात्रै पूरा गर्ने यो कदापि मान्य हुँदैन ।’
सरकारले अघि सारेको तीनबुँदे प्रस्ताव नै मिलनबिन्दु भएकाले
मोर्चालाई त्यसमा सकारात्मक हुन उनले आग्रह गरे । भारतले गरेको
अघोषित नाकाबन्दी भारत आफैँलाई घाँडो भएको जनाउँदै सो
नाकाबन्दी केही दिनभित्रै खुल्ने उनले बताए । (रासस)



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.