-->
नेपालगञ्ज-रुपैडिया नाका अवरुद्ध, मोर्चाका चार कार्यकर्ता पक्राउ


नेपालगञ्ज, १० पुस । नेपाल–भारतको नेपालगञ्ज–
रुपैडिया नाका शुक्रबार विहानैदेखि अवरुद्ध
भएको छ ।
दुई महिने भारतीय नाकाबन्दीका बीच पछिल्लो
दस दिनदेखि निर्वाध चलिरहेको रुपैडिया
नाकामा आन्दोलनरत मधेसी मोर्चाका
कार्यकताले अवरोध गरेपछि आज विहानैदेखि ठूला
सवारी साधन नेपाल प्रवेश गर्न नसकेको प्रहरीले
जनाएको छ ।
नेपालगञ्जका प्रहरी निरीक्षक दीपेन्द्र पालले
नाकामा अवरोध गर्न खोज्ने मधेसी मोर्चाका ४
कार्यकर्तालाई पक्राउ गरेको बताए । पक्राउपछि
मोर्चाका थप कार्यकर्ताहरु अहिले दशगजामा
धर्ना दिइरहेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.