-->
थारु बाहुल्य क्षेत्रलाई स्वायत्तता दिन तयार छौं : देउवा

पुस १०, २०७२- प्रदेशनिर्माणको सिमांकनमासुदुरपश्चिमको भूमी नटुक्रिने बताउँदैगर्दा नेपाली कांग्रेसका वरिष्ठ नेतातथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालेयहाँ थारु– पहाडी मिलेर बस्नुपर्नेबताएका छन् ।नेपाल प्रेस युनियनले शुक्रबार धनगढीमाआयोजित पत्रकार सम्मेलनमा नेतादेउवाले थारुहरु, अल्पसख्यक, आदिवासी,सबै अधिकार लियौं, विशेष आरक्षितअधिकार दिन सकिने बताए ।यसअघि नेपाली कांगेसद्वाराधनगढीमा आयोजिक सुदूरपश्चिमक्षेत्रीयस्तरको अभिमुखीकरण तथाप्रशिक्षण कार्यक्रमको समापनसमारोहमा उनले कैलाली र कञ्चनपुरमारहेको थारु बाहुल्य क्षेत्रलाईस्वायत्तता दिन सकिने बताए ।‘आफूहरु थारुहरुको बाहुल्यता भएकोक्षेत्रलाई विशेष अधिकार सहितकोस्वायत्त क्षेत्र बनाउन तयार छौं,’ उनलेभने, ‘त्यसका लागि अन्य दलहरुसँग सहमतिगराउन सकिन्छ ।’उनले अहिलेको ७ नम्बर प्रदेश भित्र थारु,डगौरा, रानाहरु शिक्षा र रोजगारमापछाडि रहेकाले विशेष अधिकारसहितको स्वायत्त क्षेत्र दिन सहमत गर्नसकिने बताए । थारुहरुलाई सेतीमहाकालीमा बसेर जति फाइदा रसजिलो हुन्छ अन्य प्रदेशमा हुन सक्दैनवरिष्ठ नेता देउवाले भने, 'थारुहरुलाईचिडाउने होईन सहमतिमा ल्याउनपहाडीहरुले नै अग्रसर हुनुपर्छ ।'हिजो पहाडबाट आएका पहाडी रदाङबाट आएका डगौरा फिर्ता हुननसक्ने भएकाले मिलेर बस्नुको विकल्पनरहेको पनि कांग्रेस वरिष्ठ नेता देउवालेबताए । उनले भने, 'हिजो मैले कमैया मुक्तगर्दा केही थारु जमिनदार रिसाएकोथिए । संविधान बाइबल र गीता केहिहोइन यसलाई संसोधन गर्न सकिन्छ ।'उनले यो संविधान एसियाकै सबैभन्दाआधुनिक र उत्कृष्ठ भएको दावी गरे ।उनले मधेस आन्दोलन गरिरहेका मधेसीमोर्चाले दश गजा क्षेत्र छोडेर आएलचिलो भएर वार्ता गर्न सकिने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.