-->
टेलिभिजनले बनायो रोबोटलाई रिपोर्टर, पत्रकारको जागिर धरापमा


छिमेकी देश चीनको एक टेलिभिजन च्यानलले
पहिलोपटक एक रोबोटलाई आफ्नो टेलिभिजन
कार्यक्रम प्रस्तोतामा नियुक्त गरेको छ । शांघाइ
ड्रयागन टेलिभिजनले जियाओआइस नामक रोबोटलाई
रिपोर्टको जागिर दिएको हो ।
महिला पत्रकारको भेषमा रहेको यो रोबोटले
विहानी पखको लाइभ शो मा दैनिक रुपमा मौसमका
बारेमा रिपोर्टिंग गरिरहेको छ । रोबोटले
टेलिभिजनमा रिपोर्टरको जागिर खान थालेपछि
चीनमा अब पत्रकारको जागिर धरापमा पर्न थालेको
गाइँगुइँ सुनिन थालेको छ ।
जियाओआइस नामक रोबोटलाई माइक्रोसफ्ट
कम्पनीले मौसमी जानकारी दिनका लागि विकाश
गरेको हो । यो रोबोटले गत मंगलबार देखि चिनिया
टेलिभिजनमा जागिर खान सुरु गरेको हो । सुरुवाती
दिनमै यसले आफ्नो कार्यक्षमताका कारण दर्शकलाई
प्रभावित गर्न सफल भएकेा छ । आफुले टेलिभिजनमा
जागिर पाएकोमा रोबोट निकै खुसी समेत छ र उसले
भनेको छ मौसमको रिपोर्टिंग गर्ने मेरो जागिरमा म
निकै खुसी छु ।
लिखित कुरालाई बोलीमा ढाल्नका लागि यो
रोबोटमा एउटा आर्टिफिसिएल इन्टेलिजेन्स डिभाइस
राखिएको छ । यसको सहायताले यो रोबोट
मानिस बोलेजस्तै गरी लेखेको कुरा पढ्न सक्छ र यसको
आवाज पनि मानिसकै जस्तो हुन्छ ।
रोबोटलाई टेलिभिजन प्रस्तोतामा नियुक्त गरिएसँगै
पत्रकारको जागिर धरापमा परेको चिन्ता छाइरहँदा
शांघाइ मिडिया ग्रुपका निर्देशकले भने चिन्ता गर्नु
नपर्ने भन्दै ढाडस दिएका छन् । टेलिभिजन प्रस्तोतामा
पत्रकारलाई हटाएर पूरै रोबोटलाई ल्याउने सोँच
आफुहरुको नरहेको उनले प्रष्ट पारे ।
स्मरण रहोस् गत सेप्टेम्बर महिनामा चिनिया चर्चित
कम्पनी टेन्सेन्टले एउटा यस्तो रोबोट बनाएको थियो
जसले कुनैपनि कम्पनीको व्यवसायिक प्रतिवेदन केवल १
मिनेटमै तयार गर्न सक्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.