पुस १४, २०७२- भारतीय
नाकाबन्दीको कारण चरम
इन्धन अभाव ब्यहोर्दै आएको नेपालीलाई
चीनले दिर्घकालिन सहयोगको तयारी
नहुन्जेल भन्दै पुनः राहत स्वरुप १० मिलिएन
(आरएमबी) चिनियाँ मुद्रा बाराबरको
इन्धन उपलब्ध गराउने भएको छ । करिव १४
लाख लिटर इन्धन उत्तरी नाकाबाट
छिट्टै काठमाडौं भित्रिने भएको छ ।
चीनबाट दिर्घकालिन इन्धन समझदारी
हुने अपेक्षा गरिरहेको अवस्थामा
तत्कालन राहत अनुदान सहयोग आउन
लागेको हो ।
केरुङ नाकासम्म चीनले ल्याईदिने उक्त
पेट्रोलियम पदार्थ त्यहाँबाट नेपाल
आयल निगमले ढुवानी गर्नेछ । यसअघि
पनि सोही मुल्य बाराबरको इन्धन
चीनले उपलब्ध गराएको थियो ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल
थापा ५ दिने औपचारिक भ्रमण सकेर
र्फकने क्रममा त्रिभुवन अन्तराष्ट्रिय
विमान स्थलमा पत्रकारसंग उनले
चिनियाँ अनुदानको जानकारी
दिएका हुन् । छलफलपछि जारी
विज्ञप्तीमा उक्त सहयोग उल्लेख थिएन
। चीनको उक्त सहयोगले दिर्घ कालिन
फ्रेमवर्कलाई फेरि पछाडी धकेलेको
आशंका छ । बाणिज्य मन्त्रालय र आयल
निगमको अधिकारी बेइजिङमा नै रहेको
कारण सम्झौताका विषयमा छलफल
भइरहेको दावी छ ।
भ्रमणले चीनसँग दीर्घकालीन रुपमा इन्धन
व्यापार गर्ने बाटो प्रशस्त गरेको
दावी मन्त्री थापाको छ । 'उच्च
राजनीतिक तहबाट आवश्यक निर्देशन
भएकाले कर छुट, यातायात र मूल्यबारे
सम्वन्धित निकायमा छलफल भई बढ्ने
सहमति जुटेको छ, ' उनले भने, 'अहिले
हामी सम्झौता गर्न गएका हैनौ ।
सम्भावनाको दिर्घकालिन हितको
विषयमा समग्र छलफलका लागि पुगेका
हौं । नेपाल र चीनबीच खुला र स्वतन्त्र
व्यापार अभिवृद्धि, पारवहन सन्धी, र
लगानी अभिवृद्धिबारे छलफल गरेर अघि
बढ्ने समझदारी भएको पनि मन्त्री
थापाले बताए ।
थापाले दीर्घकालीन रुपमा इन्धन
आपूर्ति गर्ने सम्बन्धमा चिनियाँ
अधिकारीसँग महत्वपूर्ण छलफल भएको
बताउँदै भने, 'यसको परिणाम पनि छिटै
आउने छ । यो भ्रमण नेपाल चीनबीच
आर्थिक सम्बन्धको आंकडा तयार गर्न र
नया परिपेक्ष्यमा अघि बढ्न सफल भएको
छ । भ्रमणले इन्धन आपुर्ति देखि अन्य
ब्यापार सम्झौताको बाटो समेत
खोलेको छ ।' पारवहन तथा ब्यापार
सन्धि, लगानी सुरक्षा सम्वन्धी -
विप्पा) सम्झौता र स्वतन्त्र व्यापार
सम्झौताबारेमा चीन सकारात्मक
देखिएको र अव हुने माथिल्लो स्तरको
भ्रमणमा सम्झौताको तहमा पुगिने उनले
बताए ।
चीन तर्फबाट नेपालमा उच्चस्तरको भ्रमण
तत्काल हुने र प्रधानमन्त्री केपीशर्मा
ओली भ्रमण पनि चीनतर्फ छिट्टै हुने संकेत
गर्दै थापाले भनेका छन् , 'उच्चस्तरको
भ्रमणमा अहिले थाति रहेको विषयमा
सम्झौता गर्ने तयारी अघि बढाउन दुवै
पक्ष समहत भएका छौं । त्यसका लगि दुवै
पक्षबाट व्यापक गृहकार्य भइरहेको छ ।'
कूटनीतिक सम्वन्धको ६० औं बर्षगाठमा
भएको उक्त भ्रमण सम्झौत्ाा गर्न
सम्वन्ध्ाका विविध आयामबारे छलफल
गर्न भएको बताउदै भने, 'भ्रमणले नेपाल
चीन सम्वन्ध्ालाई नया उचाईमा
पूर्याएउन आधार तय गरेको छ ।' थापा
नेतृत्वको टोलीले चिनियाँ उपराष्टपति
र विदेशमन्त्री लगायतका उच्च
अधिकारीसँग छुट्टा छुट्टै भेट गरी इन्धन
आपूर्ति लगायतका दुईपक्षीय हितका
विषयमा छलफल गरेको थियो ।
दीर्घकालीन रुपमा इन्धन आपूर्ति गर्ने
सम्बन्धमा थापाको भ्रमणमा सहमति भए
पनि त्यस्ता विषयमा तत्काल
सम्झौता भने हुन सकेन । नेपाल चीनबीच
आर्थिक सम्वन्धको दीर्घकालीन प|
mेमवर्क तयार भएको दावी गरे । मन्त्री
थापाका अनुसार प्रधानमन्त्री स्तरको
भ्रमणमा अहिले भएका छलफलबाट तयार
फ्रेमवर्क कार्यान्वयनमा आउने समेत बताए
। अरनिको राजमार्ग चाडै सञ्चालनमा
ल्याउने र हाल संचालनमा रहेको
रसुवागढी सडकलाई अटुट सडकको रुपमा
विस्तार गरिने समेत सहमतिमा नेपालले
आफ्नो तर्फबाट पनि काम तत्काल अघि
बढाउने उनले बताए । केरुङसम्म रेल आउने
हुनाले पनि जतिसक्दो छिटो नेपाल
तर्फको सडकको काम हुन आवश्यक रहेको
उनले बताए । थापा नेतृत्व टोली नेपाल
र्फकने क्रममा शिचुवान र तिब्बतका
अधिकारीहरुसँग भेटेर सम्वन्ध
विस्तारबारे छलफल गरेका थिए । उनीहरु
नेपालमा दुईपक्षीय ब्यापार र उर्जा
विकासका लागि इच्छा देखाएको
परराष्ट्रमन्त्री थापाले जानकारी
दिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...