नेपाल-भारत सीमाका १ सय ६८ वटा सीमास्तम्भ गायब, सीमा मिच्दै भारत
झापा, १५ पुस । झापा र भारतको विहार राज्य
किसनगन्ज जिल्लासँग जोडिएका सीमा क्षेत्रका एक
सय ६८ वटा साना ठूला सीमास्तम्भ हराएका छन् ।
नेपाल र भारत संयुक्त सीमा टोलीले गरेको दुई
साताको स्थलगत निरीक्षणका क्रममा सीमा स्तम्भ
हराएको भेटिएको हो ।
टोलीले मोरङको सीमावर्ती क्षेत्रदेखि झापाको
१०१ नम्बर पिलरसम्मको स्थलगत अध्ययन गरेको थियो ।
यसै साता भएको निरीक्षणका क्रममा सीमा स्तम्भ
हराएका, भाँचिएका र दबीएका पाइएको नापी
विभागले जनाएको छ ।
नापी विभागका प्रमुख अधिकृत सुशील डंगोलले दुर्इ
साता लामो स्थलगत निरीक्षणका क्रममा एक सय ६८
वटा सीमा पिलर हराएको र मर्मत गर्न समेत नमिल्ने
गरी भाँचिएको अवस्थामा फेला परेको बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...