१६ करोडको इन्धन दिँदै चीन
काठमाडौं – चीनले १० मिलियन
चिनियाँ युआन (१६ करोड रुपैयाँ)
बराबरको इन्धन अनुदान सहायतास्वरुप
नेपाललाई चाँडै उपलब्ध गराउने भएको छ
। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल
थापाको चीन भ्रमणका क्रममा भएको
द्विपक्षीय भेटवार्तामा चिनियाँ
विदेशमन्त्री वाङ यीले तत्कालीन
इन्धन संकट टार्न नेपाललाई थप इन्धन
अनुदानस्वरुप उपलब्ध गराउने सहमति
जनाएका हुन् ।
नेपाल सरकारले चीनलाई उक्त
परिमाणको इन्धन उपलब्ध गराइदिन
केही दिनमा औपचारिक प्रस्ताव
पठाउने परराष्ट्रमन्त्रालयका
अधिकारीले बताए । ‘नेपालले प्रस्ताव
गरेलगत्तै केरुङ नाका हुँदै उक्त
परिमाणको इन्धन काठमाडौं
आइपुग्नेछ,’ ती अधिकारीले भने ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ
।

0 comments
प्रतिक्रिया दिनुहोस्...