-->
जनकपुर चुरोटको ३५ करोड ऋण सरकारले तिरिदिने


१५ पुस, काठमाडौं । सरकारले जनकपुर चुरोट
कारखानाले तिर्नुपर्ने करिब ३५ करोड ऋण तिरिदिने
भएको छ । करि २० वर्षदेखि जनकपुर चुरोट
कारखानाले तिर्न नसकेको नेपाल बैंकको उक्त कर्जा
सरकारले तिर्ने भएको हो ।
सरकारले उक्त ऋण भुक्तानी गर्ने सम्बन्धमा नेपाल बैंक र
अर्थमन्त्रालयबीच केही दिनअघि सहमति भएको
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाहले
जानकारी दिएको नयाँ पत्रिका मा खबर छ ।
सहमतिअनुसार सरकारले यही पुस महिनाभित्र उक्त
रकम बैंकलाई भुक्तानी गर्ने उनले बताए । बैंकले
सरकारलाई कुल ब्याजको ८५ प्रतिशत रकम छुट दिने
सहमतिसमेत भएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.