-->
महिनावारी भएको बेला पेट, ढाड र कम्मर दुख्छ ? यस्ता छन् दुखाई कम गर्ने डाक्टरका सुझाब

महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, बान्ता
आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने, खान मन
नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ । यस्तो
समस्यालाई डिस्मेनोरिया भनिन्छ । कतिपय
अवस्थामा दुखाई लामो समयसम्म पनि हुन सक्छ । केहि
महिलाले दुखाई सहन नसकेर आफूखुसी औषधी सेवन गर्ने
गरेको पाइन्छ । यस्तो गर्नु स्वास्थ्यका लागि
राम्रो होइन । दुखाई बढी भए पनि चिकित्सकको
सल्लाह अनुसार मात्र औषधी सेवन गर्नुपर्छ ।
डिस्मेनोरिया प्राइमरी र सेकेन्डरी गरी दुई
प्रकारको हुन्छ ।
प्राइमरी डिस्मेनोरियामा महिनावारीको
बेलामा तल्लो पेट, कम्मर र ढाड दुख्छ । दुखाई बढ्दै
गएमा खुट्टा र टाउँको दुख्ने, वाकवाकी लाग्ने र
बान्ता हुने लक्षण देखिन सक्छन् । कसैकसैलाई पखाला
पनि लाग्ने पनि हुन्छ । यसका कारणहरुमा कम उमेरमा
महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन
हर्माेनहरुको असन्तुलन हुन् । महिनावारी हुँदा पाठेघर
खुम्चिने र तन्किने हुनाले तल्लो पेट दुख्छ ।
महिनावारीमा यौनाङ्गमा कुनै बाधा आयो अथवा
रगत बग्ने यौन नली साँघुरो भयो भने पनि प्राइमरी
डिस्मेनोरियामा हुन सक्दछ । यो वंशानुगत कारणले
पनि हुन सक्छ । अत्याधिक मोटा र सुखमय जीवनशैली
बिताउने युवतीलाई पनि यस्तो समस्याको
सम्भावना बढी हुन्छ ।
सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर
समूहका महिलालाई हुने गर्छ । यो प्राय विवाहिता
महिलामा देखिने समस्या हो । यसका लक्षणहरुमा
महिनावारी समयमा नहुनु र हुँदा रगत धेरै बग्नु,
यौनसम्पर्क गर्दा यौनाङ्ग दुख्नु, बाँझोपना र
अत्याधिक सेतो पानी बग्नु आदि हुन् । यस्तो
अवस्थामा औषधीको सेवन गर्दा पनि दुखाई कम नहुन
सक्छ । प्रजनन रोग, अण्डाशय वा अण्डबाहिनी
नलीमा समस्या देखिनु, लामो समयसम्म आइयुसीडी
तथा कपर–टीको प्रयोग, अनियमित औषधीको
प्रयोगका कारण पनि यस्तो समस्या आउँछ ।
डिस्मेनोरिया आफैमा रोग होइन तर अन्य रोगको
लक्षण हो । त्यसैले समयमै रोगका पहिचान गरी उपचार
तर्फ लाग्नुपर्छ ।
दुखाई कम गर्न घरेलु तरिका :-
१.दुधः दुध क्याल्सियमको निकै राम्रो स्रोत हो,
महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध
पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा
गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि
तपाईलाई दुध मिठो लाग्दैन भने तपाईले
क्याल्सियमको चक्की पनि खान सक्नुहुन्छ ।
२. मेवाः महिनावारी भएको बेला खानाले फाइदा
पु¥याउँछ । धेरैपटक महिनावारीको दौरान रक्त
प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ
पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन
गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा
पनि कम हुने गर्दछ ।
३. गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने
मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने
गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास
गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त
प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि
राहत मिल्ने गर्दछ ।
४. घिउकुमारीः महिनावारीको दौरान एक चम्चा
महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई
कम गन गर्र्दछ ।
५. तुलसीः पीडा भइरहेको बेलामा तुलसीको
पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा
भएको क्याफीड एसिडले महिनावारीको
पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने
७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा
हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी
पिउनुहोस् ।
६. तातो पानीले नुहाउनुहोस्ः तातो पानीले
नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ

७. अदुवाः एक कप पानीमा अदुवालाई काटेर
उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने
थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि
दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट
मुक्ति पाइन्छ ।
८. व्यायामः हुन त हामीले दिन दिनै व्यायाम गर्नु
जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा
व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई
राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने
गर्दछ ।
९. बिहान हरेक दिन खाली पेटमा ५० ग्राम
भिजाएको खजुर खाने पानी पनि लाभदायिक
हुन्छ ।
१०. चुकन्दरको ताजा रस सानो गिलासको ,१
गिलास (200ml) दैनिक बिहान १ महिना सम्म
पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको
मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ ।
योग तथा प्राकृतिक चिकित्सा :-
१. महिनावारीका बेलामा रगत कम देखिएको छ र
दुखाई अत्यन्त बढी छ भने निमपानीको तातो
कटिस्नान लिनाले तत्काल पीडा कम गर्दछ । यस्तो
बेला बिहान र बेलुका एक हप्ता सम्म २०–३० मिनेट
लिनु लाभदायिक हुन्छ ।
२. उष्णपादस्नान :- ३८ ◦c देखि ४० ◦c सम्मको तातो
पानीमा Epsom salt (mgso4) ५० ग्राम हालेर हरेक
दिन विहान र बेलुका आफ्नो दुवै खुट्टा पानीमा
डुबाउनु पर्दछ ।
३. महिनावारी बन्द भएको तीन दिनपछि बाट
महिनावारी सुरु हुनु ३ दिन अगाडि सम्म प्रत्यक दिन
तातो कटिस्नान लिनाले, यो रोगबाट पूर्ण रुपमा
छुट्कारा पाउन सकिन्छ ।
४. एनिमा र पेट, कम्मर मालिस गर्नाले पनि
पीडाबाट छुट्कारा पाउन सकिन्छ ।
५. नियमित थेरापेटिकल (Therapeutical) योग,
व्यायाम र सूर्य नमस्कार जस्ता आसन र प्राणयाम गर्नु
पर्दछ ।
.


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.