-->
आठ सय बढी विद्यार्थी आर्सेनिकयुक्त पानी पिउन बाध्य


पुस १३
कञ्चनपुर– कञ्चनपुरको देखतभूली
गाविस– ४ कालागौँडीमा रहेको
शिवशक्ति माध्यमिक विद्यालयमा
अध्ययनरत ८०० बढी विद्यार्थी
आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।
शुद्ध पेय जलको व्यवस्था नहुँदा
विद्यालयमा पठनपाठन गर्दै आएका
बालबालिका आर्सेनिकयुक्त पानीको
प्रयोग गर्न बाध्य भएका हुन् ।
पाँच वर्षअघि नै यस क्षेत्रमा कार्यरत
गैससले हेन्डपम्प चेकजाँच गर्दा पानीमा
आर्सेनिक फेला पारेको थियो ।
चेकजाँचपछि हेन्डपम्पको पानी प्रयोग
गर्न अनुपयुक्त ठहर गरे पनि पानी पिउने
अर्को विकल्प नहुँदा सोही
हेन्डपम्पलाई प्रयोग गर्दै आउनुपरेको
विद्यालयका प्रधानाध्यापक
लोकराज पन्तले बताए ।
हेन्डपम्प गहिरो गाड्नका लागि
विद्यालयसँग आर्थिक अभाव छ उनले भने
– “माथिल्लो सतहमा गाडेको
हेन्डपम्पमा आर्सेनिकयुक्त पानी आउने
समस्या छ ।”
स्वास्थ्यकर्मीका अनुसार ५०
पिपिवीभन्दा बढी आर्सेनिक भएको
पानी स्वास्थ्यका लागि
हानिकारक मानिन्छ । यस्तो
पानीको लगातार प्रयोगले
आर्सेनिकोसिस भन्ने रोग लाग्दछ ।
पछि गएर क्यान्सरको खतरा बढी हुन्छ ।
सो विद्यालयमा ८०२ जना
विद्यार्थी अध्ययनरत रहेका छन् ।
विद्यालय २०४५ सालमा स्थापना
भएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.