-->
जित्ने दाउँ पर्खेर बसेका यी तीन नेता

काठमाडौं, १३ पुस । कांग्रेसमा १३औँ महाधिवेशन
आउन अब ७० दिन मात्र बाँकी हुँदा शीर्ष नेताहरूले
तयारीलाई तीव्रता दिएका छन् ।
अहिलेसम्म सभापतिका लागि नेता शेरबहादुर
देउवा र संस्थापनबाट उपसभापति रामचन्द्र पौडेलले
उम्मेदवार बन्ने बताइसकेको नयाँ पत्रिका दैनिकले
समाचार छापेको छ ।
तर, वर्तमान सभापति सुशील कोइरालाले आफू
अघि बढ्ने कि उपसभापति पौडेललाई अघि बढाउने
भन्ने अन्तिम निर्णय लिइसकेका छैनन् ।
यसअघि पनि अन्तिमसम्म नखुल्ने कोइरालाको
शैली उस्तै छ भने नेता देउवा र उपसभापति पौडेलले
महाधिवेशनको तयारीलाई आक्रामक बनाएका छन्

यी दुवै नेता ‘कस्तो बन्यो संविधान, एकता र
सद्भावको अभियान’ अभियान लिएर देश
दौडाहामा छन् । सभापति कोइराला भने कोठे
बैठक गरी रणनीति बनाउनमा केन्द्रित छन् ।
माघ दोस्रो हप्ताबाट कांग्रेसको
महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशन सुरु हुनेछन्
। त्यसैलाई मध्यनजर गर्दै शीर्ष नेताहरूले
आक्रामक रूपमा प्रशिक्षण र भेलाका
कार्यक्रमलाई तीव्रता दिएका हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.