-->
सद्भावनाको प्रस्ताव मधेसी मोर्चाद्वारा अस्वीकार


पुस १३
काठमाडौ–संयुक्त लोकतान्त्रिक
मधेशी मोर्चाको बैठकमा सद्भावना
पार्टीले सरकारसँग औपचारिक वार्ता
नगर्न प्रस्ताव राखेको छ । यद्यपी सो
पार्टी प्रस्ताव स्वीकृत भएन ।
आफ्ना पार्टीका अध्यक्ष राजेन्द्र
महतोलाई विराटनगर जोगवनीमा धर्ना
बसिरहेको अवस्थामा प्रहरीले कुटपिट
गरी घाइते बनाएको कारण सरकारले
माफी नमागेसम्म वार्तामा बस्न नहुने
सद्भावनाले प्रस्ताव गरेको थियो ।
तर बैठकमा अरु तीन दलले वार्ता प्रकृया
रोक्न नहुने धारणा राखेका थिए ।
दोषीमाथि कडा कारवाहीको माग
वार्ता प्रकृया जारी रहेकै अवस्थामा
पनि गर्न सकिने भएकाले वार्ता रोक्न
नहुने तर्क अन्य नेताहरुबाट आएको बैठकमा
सहभागि एक नेताले बताए ।
मोर्चाले सरकारसँग वार्ता गर्न तयार
भएपछि सद्भावना पार्टीले सरकारसँग
हुने औपचारिक वार्तामा आफ्नो
सहभागिता नहुने धारणा राखेको सो
पार्टीका महासचिव मनिष सुमनले
जानकारी गराए ।
उनले मोर्चाले निर्णय गरेपनि सरकारले
माफी नमागेसम्म वार्तामा नबस्ने
आफ्नो पार्टीले निर्णय गरेका बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.