-->
राजेन्द्र महतो घाइते हुँदा मधेसका विद्यालय बन्द

महोत्तरी, १३ पुस । संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाले आजदेखि तीन दिनका लागि
महोत्तरीका सम्पूर्ण निजी तथा सामुदायिक
विद्यालय बन्द गराएको छ ।
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र
महतोमाथि विराटनगरको जोगवनी सीमा
नाकामा प्रहरीले बल प्रयोग गरी घाइते बनाएको
विरोधमा मोर्चाले आजदेखि पुस १५ गतेसम्मका
लागि जिल्लाका हरेक शिक्षण संस्था बन्द
गराएको हो ।
विद्यालय सञ्चालनमा रहँदा बालबालिकाको
सुरक्षा मुख्य चुनौती रहेकाले सम्पूर्ण शिक्षण संस्था
तीन दिनका लागि बन्द गरिने निर्णय गरिएको
मोचाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यता मोर्चाका कार्यकर्ताले जिल्लाका प्रमुख
व्यापारीक केन्द्र गौशाला, औरही,
रामगोपालपुर, कान्तिबजारलगायत ग्रामीण
क्षेत्रमा रहेका हाटबजारहरु अनिश्चितकालको
लागि बन्द गराएका छन् । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.