पुस १३
वीरगन्ज–प्रहरीले वीरगन्जको बजार
छपकैयाबाट सोमबार बिहान पाँच
वटा ट्याक्टर बरामद गरेको छ ।
सिर्सिया भन्सार नाका हुँदै
भारतबाट राजश्व छलेर नेपाल
भित्र्याइएको पाँच वटा नयाँ ट्याक्टर
प्रहरीले आज बिहान बजार छपकैयबाट
बरामद गरेको हो । एस ५० एफ एफ डि
४५९, एस ५० एफ एफ डि ४६१, एस ५० एफ एफ
डि ४६०, एस ५० एफ एफ डि ४६२ र एस ५०
एफ एफ डि ४५३ चेसिस नम्बर भएका
ट्याक्टरहरु प्रहरीले बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला
प्रहरी कार्यालय पर्साबाट खटिएको
प्रहरीले टोलीले ट्याक्ट्र बरामद गरेको
हो । प्रहरीको टोलीलाई देख्ने
बित्तिक्कै पाँच वटै ट्याक्टरका
चालकहरु ट्याक्टर छाडेर फरार भएकाले
उनीहरुलाई पक्रन नसकिएको पर्साका
प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले
जानकारी दिए ।
भन्सार राजश्व तिरेको कुनै पनि
कागजात नभेटिएका ट्याक्टरहरु
नियन्त्रणमा लिएको उनले बताए ।
भारतबाट आयात हुने नयाँ सवारी
सधान वीरगन्ज नाकाबाट मात्रै
ल्याउन मिल्ने भन्दै प्रहरी उपरिक्षक
श्रेष्ठले सिर्सिया वा अरु कुनै छोटी
नाकाबाट ल्याउँदा गैरकानुनी हुने
भएकाले ट्याक्टर नियन्त्रणमा लिएको
बताए । बरामद ट्याक्टर जिल्ला प्रहरी
कार्यालय पर्सामा राखिएको र
आवश्यक कार्वाहीका लागि ती सबै
ट्याक्टर राजश्व अनुसन्धान कार्यालय
पथलैयामा पठाइने प्रहरी उपरिक्षक
श्रेष्ठले बताए ।
प्रहरीले बरामद गरेको ट्याक्टर महोतरी
बर्दिवासमा रहेको उमेश आइरन ट्रेडर्सले
भारतबाट आयात गरेको भन्दै कर्मचारी
दिनेश साहले मुल नाका वीरगन्ज अवरुद्ध
भएकाले ट्याक्टर छोटी नाकाबाट
भित्र्याएको बताए । साहले मुल नाका
बन्द भएकाले मधेशी मोर्चाका नेतालाई
पैसा दिएर ट्याक्टर छोटी नाकाबाट
भित्र्याएको समेत आरोप लगाए थिए

0 comments
प्रतिक्रिया दिनुहोस्...