-->
जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

गौशाला, १३ पुस । महोत्तरी सदरमुकाम जलेश्वरमा
अहिले प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ ।
बिहानैदेखि जलेश्वर बजार बन्द गराउँदै हिँडेका संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र
प्रहरीबीच जलेश्वरको दुर्गाचोकमा झडप भएको हो ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय जाने
बाटोमा ह्युमपाइप राखी बाटो अवरोध गरेपछि
बाटो खुलाउन गएको प्रहरीसँग झडप भएको हो ।
झडपका कारण अहिले जलेश्वरको अवस्था तनावग्रस्त
बनेको छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.