-->
भारतीय रुपैयाँको अभावमा नेपाली ग्राहकहरु लुटिँदै


१३
पुस, गौशाला

नेपालमा
बन्द
हडतालका
कारण
भारतीय
रुपैयाँको
अभावमा
अहिले
हजाराैं
नेपाली
ग्राहक
भारतीय
बजारमा
ठगिन

लुटिन
बाध्य
भएका
छन्

महोत्तरीका सीमासँग जोडिएको भारतीय बजारहरु
भिट्ठामोड, सुरसण्ड, सीतामढी, मधवापुरलगायतका
बजारमा नेपाली रुपैयाँको ठूलो अवमूल्यन गरेर
व्यापारीले नेपाली ग्राहकलाई लुटिरहेका छन् ।
भारतीय बजारहरुमा सरसामान खरिद गर्न पुगेका
नेपालीसँग भारतीय व्यापारीले एक सय भारुको
सट्टा १७५ नेपाली रुपैयाँसम्म लिने गरेको जलेश्वर– ४
का शिवचन्द्र चौधरीले बताए ।
भारतीय बजारमा किनमेल वा आवश्यक कामका
लागि पुग्ने नेपालीले एक हजार नेपाली दिएमा ५ सय
८० मात्रै भारु दिने गरेको मनराका सत्यनारायण
मण्डलले बताए ।
त्यस्तै कोल्हुवा वगेया बस्ने रवीन्द्र ठाकुरले आफूले
सीमापारिको बजारमा गएर रु एक सय नेपाली
दिँदा ५८ रुपैयाँ भारुमात्रै पाएको उल्लेख गरे ।
महोत्तरी, धनुषा, र सिन्धुलीसम्मका ग्राहकहरु
महोत्तरीसँग जोडिएका विभिन्न नाकापारिका
बजारमा गएर सरसामान खरिद गर्ने गर्दछन् भने अहिले
भारतीय व्यापारीहरु नेपालीसँग मनपरी ढङ्गले एक सय
भारुका लागि १७२ देखि १७५ र कसै कसैले १ सय ८० सम्म
पनि असुली गर्ने गरेको सर्वसाधारण उपभोक्ताले
बताएका छन् ।
महोत्तरीको सीमासँग जोडिएका विभिन्न
भारतीय बजारमा दैनिक पाँच हजारभन्दा बढी
नेपाली ग्राहक जाने गर्छन् भने दैनिक दुई करोडभन्दा
बढीको सरसामान खरिद गर्ने गरेको भारतीय
व्यवसायीहरुले स्वीकारेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.