-->
जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, एक स्कुले बालकको टाउको फुट्यो


पुस १३ | रञ्जन भण्डारी
महोत्तरी–महोत्तरी सदरमुकाममा
आन्दोलनकारी र प्रहरीबीच झडप सुरु
भएको छ । विहानदेखि दुई पटक ढुगां
हानाहान हुदा दुर्गा चोकमा एक स्कुले
वालकको टाउको फुटेको छ ।
जलेश्वर ४ का शिवचन्द्र चौधरीका ११
वर्षिय छोरा अमित कुमार चौधरी
एडभान्स स्कुलवाट फर्कने क्रममा झडपमा
परी ढुगांले वच्चाको टाउको फुटेको हो
। उनको टाउकोमा तीन टाका
लगाइएको छ ।
अन्य दिन भन्दा प्रहरीको उपस्थिति
वढी रहेको दुर्गाचोकमा फेरी पनि
अवस्था विग्रन सक्ने अवस्था देखिएको छ

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा
महोत्तरीले आईतवार नै प्रेस विज्ञप्ती
जारी गर्दै सदभावना का राष्ट्रिय
अध्यक्ष राजेन्द्र महतो माथी प्रहरी
दमनको विरुद्ध पुष १५ गते सम्मको लागि
सवै शैक्षिक संस्था बन्द गर्न आव्हान
गरेपनि जलेश्वरका अधिकाँश विद्यालयले
भने विज्ञप्ती वारे जानकारी नभएको
भन्दै विद्यालय संचालन गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.