राजेन्द्र महतोलाई कुटपिट गरेको विरोधमा गौरमा
प्रदर्शन
रौतहट, पुस १२ । सदभामवना पार्टीका
अध्यक्ष राजेन्द्र महतोलाई कुटपिट गरेको भन्दै
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका
कार्यकर्ताले आज गौरमा विरोध प्रदर्शन
गरेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले प्रमुख जिल्ला
अधिकारी नरहरी बराललाई कार्यालय
प्रवेशमा रोक लगाउंदै जिल्ला प्रशासन
कार्यालय र जिल्ला प्रहरी कार्यालय
अगाडि टायर
बालेर विरोध जनाइरहेका हुन् ।
उनीहरुले प्रहरी दमनको विरोध गर्दै महतोलाई
कुट्ने प्रहरीलाई कारबाही गर्नुपर्ने बताएका
छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप
गरेको आरोप मोर्चाका कार्यकर्ताको छ ।
मोरङको जोगबनी नाका धर्ना दिन पुगेका
मोर्चा नेता महतो शनिबार झडपका क्रममा
कुटिएका थिए । उनको बिराटनगरस्थित
गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...