पुस १२
काठमाडौं — सशस्त्र प्रहरीका तीन
पूर्व आइजिपीहरु हिरासतमा नबस्ने
भएका छन् । धरौटी बापत विभिन्न
बैंकको ग्यारेन्टी बुझाएपछि उनीहरु
हिरासतमा बस्नु नपर्ने भएको हो ।
आर्थिक अनियमितता गरेको आरोपमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
सशस्त्र प्रहरीका तीन पूर्व
आइजिपीहरुसँग करौडौंको धरौटी माग
गरेको थियो । सनथ बस्नेतले सिटिजन्स
बैंक, शैलेन्द्र श्रेष्ठले इन्भेस्टमेन्ट बैंक र बसुदेव
ओलीले कुमारी बैंकको ग्यारेन्टी
बुझाएको अख्तियार स्रोतले बतायो ।
निलम्बित कोषराज वन्तले जस्तै सामान
ढुवानीमा नक्कली बिल भपाई पेश गरेर
आर्थिक अनियमितता गरेको भन्दै तीन
पुर्व आईजिपीहरु सनत कुमार बस्नेत,
शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओलीलाई
आईतबार अख्तियारले करोडौं धरौटी
माग गरेको हो ।
अख्तियार स्रोतका अनुसार पुर्व
आईजिपी सनतकुमार बस्नेतसंग सवैभन्दा
धेरै ८ करोड धरौटी मागिएको छ भने
शैलेन्द्र कुमार श्रेष्ठसँग १ करोड माग
दावी गरिएको थियो । त्यस्तै वासुदेव
ओलीसँग ७० लाख मागिएको थियो ।
धरौटी बुझाउन नसकेको भए उनीहरु आज
अख्यितरको हिरासत टंगालमै बस्नुपर्ने
थियो ।
कार्यालय समयभित्र बयान
नसकिएपछी अख्तियारले पुर्व
आईजिपिहरुलाई धरौटी जुटाउने समय
दिएको अख्तियार स्रोतको भनाई छ ।
अख्तियारले उनीहरुलाई आज बयानका
लागी बोलाएको थियो ।
स्मरण रहोस् साताअघि मात्रै
अख्तियारमा एकाएक १० करोड बुझाएर
निलम्बित आईजीपी वन्त धरौटीमा
रिहा भएका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...