थप उपचारका लागि राजेन्द्र
महतोलाई दिल्ली लगियो
१७ पुस, काठमाडौं । मधेसी मोर्चाका नेता एवं
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई थप
उपचारका लागि दिल्ली लगिएको छ ।
शुक्रबार अपराहृन इण्डियन एयरलाइन्सको विमानबाट
उनलाई दिल्ली लगिएको हो । महतोको मेदान्त
अपस्तालमा उपचार हुने सद्भावनाका महासचिव
मनिष सुमनले जानकारी दिए ।
महतोलाई शुक्रबार नै माउन्टेन एयरको हेलिकोप्टरबाट
धरानबाट काठमाडौं ल्याइएको थियो ।
गत शनिबार विराटनगरको रानी भन्सार नाकामा
धर्ना दिने क्रममा भएको झडपमा महतो घाइते भएका
थिए । विराटनगरको गोल्डेन गेट अस्पतालमा भर्ना
भएका महतोलाई केही दिनपछि धरानस्थित वीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
सारियो ।
चिकित्सकहरुका अनुसार उनको टोउका, हात र
खुट्टामा चोट लागेको छ । यो चोट समान्य छ । तर,
उनको रत्तचाप लगायतका पुरानो रोगले च्यापेको छ
।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...