काठमाडौं । एमाओवादी छाडेर नयाँ शक्ति
निर्माणको अभियानमा लागेका डा. बाबुराम
भट्टराईलाई एकपछि अर्को संकट आइलागेको छ ।
आफूले निर्माण गर्न लागेको नयाँ शक्तिमा
एमाओवादीमै रहेका पूर्व कार्यकर्ताको झिनो
समूहले मात्रै समर्थन गरेको र बाहिरी दुनियाँका
कोही कसैले पनि साथ नदिएपछि उनलाई पीर त
परेकै छ तर उनलाई विगतमा आफ्नै भनेर साथ दिंदै
आएकाले समेत साथ छोडेका छन् । नयाँ शक्ति
निर्माण प्रक्रियामा शंकास्पद रहेको र भारतको
आशीर्वादमा अगाडि बढाइएको भन्दै मुलुकभित्र
आशंका पैदा भएको छ । भारतीयहरूसँगको
अवाञ्छित उठबसलाई नयाँ शक्तिकै कार्यकर्ताले
समेत सहन सकेका छैनन् ।
नयाँ शक्तिमा आउन उनले नागरिक समाजका
अगुवा, पत्रकार, पूर्व प्रशासक तथा विवेकशील
नेपालीलाई आग्रह गरे । तर कोही कसैले पनि
स्वीकार नगरेपछि डा. बाबुराम भट्टराई
चिन्तामा परेका छन् । क्रान्तिमा लाग, सबै चिज
पाइन्छ भन्दै गरिब जनताका छोरालाई मार्न
अभिप्ररित गर्ने उनी दोष जति सबै प्रचण्डको
टाउकोमा हालेर उन्मुक्ति लिन खोजिरहेका छन् ।
डेपुटी खान आग्रह गर्दा नयाँ शक्तिमा लाग्न
आग्रह गर्दै उनले मुलुकका सबैलाई आग्रह गरे, तर कोही
कसैले पनि स्वीकार गरेनन् । उनले पूर्व माओवादी
एवम् बुर्जुवा समाजका चर्चित वाम विश्लेषक
मुमाराम खनाललाई पनि नयाँ शक्तिमा लाग्न
आग्रह गरे । सानेपामा बोलाएर लौ न मुमारामजी
नयाँ शक्तिमा आएर डेपुटी लिइदिनुप¥यो, कोही
कसैले पत्याएनन् भन्दै रोइलो पनि गरे । सानेपा
स्रोतका अनुसार डा. भट्टराईले उपप्रमुख बनाउने
आश्वासन पनि दिए ।
तर मुमारामले बाबुरामको आग्रह अस्वीकार गर्दै भने
‘तपाईंको नयाँ शक्तिमा उपप्रमुख त के प्रमुख नै दिए
पनि म आउन्न । तपाईंले मलाई के सोचेको !’
उनले बाबुरामको गतिविधि गतिलो नभएको,
पार्टी फुटाउँदै हिंड्ने र गलत हर्कत गर्नेसँग मेरो संगत
हुँदैन भन्दै उल्टै अर्ती दिए । देवेन्द्र पौडेल जस्ता
आर्थिक व्यवहार राम्रो नभएका, जनयुद्धकालमा
सुन लुकाउनेलाई संगठन विभाग प्रमुख बनाएको
स्थानमा आफू अटाउनै नसक्ने र नयाँ शक्ति बन्नै
नसक्ने समेत बताएको सानेपा स्रोतले जनाएको छ ।
मुमारामले नयाँ शक्ति बन्नै नसक्ने र बने पनि सीपी
मैनालीको माले भन्दा ठूलो नबन्ने घोषणा गरेपछि
बाबुराम नराम्ररी तिलमिलाएका छन् । यस्तै नयाँ
शक्तिमा लागेका भनिएका एमाओवादीका नेता
समेत पुरानै घर फर्कन थालेका छन् । जनआह्वान
साप्ताहिकमा खबर छ । दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...