-->
पश्चिमी वायुको प्रभावले उपत्यकामा न्यानो महसुस


पुस १७
काठमाडौँ– पश्चिमी वायुको
प्रभावका कारण आज काठमाडौँ
उपत्यकासहित पहाडी भेगको मौसम
बदली हुँदा तापक्रममा केही सुधार
आएको छ ।
उक्त वायुको प्रभावले उपत्यकाको
तापक्रममा थोरै वृद्धि हुँदा आज केही
न्यानो महसुस भएको छ ।
यद्यपि उपत्यकामा चर्को घाम
नलागेका कारण बिहानीपख बढी
चिसो भएको थियो ।
पश्चिमी वायुको प्रभावले आंशिक
बदली हुँदा आज उपत्यकाको न्यूनतम
तापक्रम ४.२ डिग्री सेल्सियस पुगेको
मौसमविद् शान्ति कँडेलले जानकारी
दिए ।
पछिल्ला केही दिन निरन्तर तापक्रम
घटेर चिसो बढेका बेला आज मौसम
बदलीका कारण उपत्यकामा केही
न्यानो महसुस भएको छ । पुसको
पहिलो साता उपत्यकाको न्यूनतम
तापक्रम घटेर शून्य डिग्रीसम्म पुगेको
थियो ।
मौसमविद् कँडेलका अनुसार पहाडी
भेगमा एक दुई स्थानमा वर्षा हुनसक्ने र
उच्च हिमाली क्षेत्रमा हिमपात हुने
सम्भावना छ ।
न्यूनतम तापक्रम बढेपनि उपत्यकामा
चर्को घाम भने लाग्न सकेको छैन । अझै
एक/दुई दिन उपत्यकाको मौसम स्थिर
रहने बताइएको छ ।
आज काठमाडौँ उपत्यकाको अधिकतम
तापक्रम १६ देखि १९ डिग्रीसम्म पुग्ने
महाशाखाको अनुमान छ ।Ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.