सन् २०१५ मा धेै राम्रा कामहरु सम्पन्न भए
। जस्तै इरान र परिश्चा शक्ती
तेहरानको आणविक कार्यक्रमलाई लिएर
नयाँ सम्झौतामा पुगे । इजरायल सुखी
हुन सकेन् । इजरायलसँगै साउदी अरेबिया
र गल्फ राज्यहरु पनि दुखित रहे ।
यो वर्षले सुधारका थुप्रै संकेत ल्याएको
छ । तापक्रम वृद्धी कम गर्न विश्वका २
सय देशले सम्झौता पत्रमा हस्ताक्षर
गरेका छन् । मध्यपूर्वका शरणार्थीहरुका
लागि आफ्नो देशको ढोका खुल्ला गरेर
जर्मनीकी चान्सलर एन्जेला मर्केलाले
उदार हृदय देखाएकी छिन् । भलै, यो
कदम उनको पद जोगाइराख्नका लागि
प्रत्यूत्पादक साबित हुनसक्छ ।
अर्जेन्टिना र म्यानमागरमा सैनिक
शासन पूर्ण रुपमा समाप्त भएको छ ।
म्यानमारका प्रजातन्त्रवादी नेतृ आंग
सान सुकीको पार्टीले भारी बहुमत
सहितको जीत हासिल गरेकी छिन् ।
चीनले अन्नत आफ्नो एक बच्चा निती
हटाएको छ । त्यस्तै क्युवा र अमेरिका
वर्षौदेखीको खराब सम्बन्धलाई बिर्सदैँ
नयाँ ढंगबाट अघि बढ्न तयार देखिएका
छन् ।
तर यो वर्ष थुप्रै दुर्घटना र दुखद
समाचारहरुको वर्ष साबित भयो ।
नाइजेरिया र सिरियादेखी टर्की र
ग्रिससम्मका जनता त्रसित बन्नुपर्यो ।
पेरिसमा शक्तीशाली हमाला भयो ।
विदा मनाउन गएका पर्यटक समेत
ट्यूनिसिया र इजिप्टबाट फर्कन पाएनन्
। साउथ चाइना सि र उत्तरी
एट्लान्टिकस्थित सि लेन्ससम्ममा
त्रासको जालो फैलिएको यो
वर्षलाई परिवर्तनसँगै आतंकवाद र
त्रासको वर्षका रुपमा चित्रण गर्न
सकिन्छ ।
विवाद
इस्लामिक स्टेटले यो वर्ष विश्वमै
आफ्नो जालो नराम्ररी फैलायो ।
आईएसको प्रभाव इराक र सिरिया
मात्रै नभएर यो वर्ष कुवेत, लेबनान,
टर्की, इजिप्ट, साउदी अरेबिया,
लिबिया, ट्यूनिसिया र फ्रान्समा
समेत देखियो । तर आईएस विरुद्धको
कारबाहीमा सक्रिय रुस र अमेरिका
जस्ता शक्तीशाली राष्ट्रबीच नै
एकता देखिएन । जसका कारण आईएसको
प्रभाव थप बढ्दै गएको छ ।
नाइजेरियामा बोको हरामको आतंक
तथा अन्य आतंककारी समूहहरुले
मच्चाएका लूटपाट, हत्या र हिंसाका
घटनाले विश्वलाई वर्षदिनभर दुखित
बनायो । पूर्व तथा साउथ चाइन
सिमा तनाव बढ्यो । त्यसपछि यस
क्षेत्रमा आफ्नो पकड कायम गर्ने क्रममा
चीनले ठूलो संख्यामा सेना परिचालन
गर्यो भने जापान चीनको कदमको
विपक्षमा छ ।
संकटकाल र उग्रवाद
शितयुद्धपछि पहिलो पटक युरोपले ठूलो
समस्या र चुनौती व्यहोर्नुपर्यो ।
बढ्दो शरणार्थीको भिड तथा
राजनैतिक अस्तव्यस्त अनि आर्थिक
असफलता युरोपका लागि चुनौति
बन्यो । यता मध्यपूर्व, दक्षिण एशिया
र अफ्रिका जलवायू मौसमको मार
मात्रै परेन , विविध दैवी विपत्तीको
मारमा पर्यो । यस वर्षको अन्त्यसम्म
जर्मनीले मात्रै १० लाख आप्रवासीलाई
शरण दिने कामको नजिक पुग्यो ।
युरोपमा शरण खोज्नेमा अधिकांश
सिरिया, इराक र अफगानिस्तानका
छन् । शरण खोज्नेका लागि स्वर्ग
मानिने स्विडेनले पनि थुप्रैलाई शरण
थियो । यता, हंगेरी, पोल्याण्ड,
क्रोयशिया र स्लोभेनियाले
शरणार्थीलाई रोक्न पर्खाल नै खडा
गरे । अमेरिकासहित पश्चिमा विश्व
मुस्लिम उग्रवादी तथा आईएसका कारण
त्रसित रहिरह्यो ।
फ्रान्स, पोल्याण्ड, डेनमार्क, बेलायत र
जर्मनीमा राष्टियतालाई
शरणार्थीसँग तुलना गरेर उनीहरुलाई शरण
दिन हुन्न भन्ने आवाज चर्को सुनियो ।
भारतमा गत वर्ष प्रधानमन्त्री नरेन्द्र
मोदी बहुमतका साथ चुनाव जितेर
आएका थिए । तर यस वर्ष उनले
बिहारमा नराम्रो हार व्यहार्नेुपर्यो
।
प्रजातन्त्र र निरंकुशता
प्रजातन्त्रिक प्रणालीका लागि यो
वर्ष औसत मात्रै रह्यो । सिरिया र
इराकबाट आफ्ना सैनिक फर्काउने
नीति लिएपछि पूर्व प्रधानमन्त्री
पियरीका ४३ वर्षिय छोरा जस्टिन
ट्डिियूले क्यानेडाको चुनाव जिते ।
माल्टामा कमनवेल्थ सम्मेलनका दौरान
बेलायती महारानी एलिजावेथले
टिडियूको जीतले आफूलाई पुरानै
दिनमा फर्काएको प्रतिक्रिया दिइन्
। यता, आफ्नै पार्टीभित्र आन्तरिक
रुपमा कमजोर भएपछि अस्टेलियाका
प्रधानमन्त्री टोनी एबोटले
राजीनामा गर्नुपर्यो । अर्जेन्टिनामा
दशकभन्दा लामो शासन अन्त्य भयो र
नयाँ चुनावपछि नयाँ नेतृत्व आयो ।
भ्रस्टाचार विरोधी अभियान चलाएर
जिम्मी मोरालेस ग्वाटेमालामा
राष्ट्रपतिको चुनाव जित्न सफल रहे ।
सेप्टेम्बरमा पोप फ्रान्सिसले क्युवा
भ्रमण गरे । त्यस्तै इरानसँगको आणविक
सम्झौताले पश्चिमा विश्वलाई राहत
मिल्यो । यता, युक्रेनमा संसद्
भवनभित्रै हात हालाहाल भएपछि
अन्तरिक राजनीति अन्तर्राष्ट्रिय रुपमै
पोखियो ।Ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...