१७ पुस, काठमाडौं । दैनिक ११ घण्टाको लोडसेडिङ छ
। चाहिएका बेलामा बिजुली नभएर हैरान हुनुहुन्छ हैन ?
तपाईं यो समस्याबाट छुटकार चाहानुहुन्छ भने
शुक्रबारदेखि राजधानीमा सुरु भएको नवीकरणीय
उर्जाका प्रविधि र सामग्रीहरुको प्रदर्शनीले
सहयोग गर्न सक्छ ।
प्रदर्शनीमा तपाईलाई लोडसेडिङबाट मुक्ति
दिलाउन सक्ने धेरै प्रविधिहरु राखिएका छन् ।
सोलारप्रतिको आकर्षण
प्रदर्शनीमा सबैभन्दा बढी आकर्षण सोलारमा
देखिएको छ । सबैभन्दा बढी सोलारकै स्टल रहेपनि
प्रदर्शनीमा भीड पनि सोलरकै स्टमा देखियो ।
प्रदर्शनी सुरु भएकै दिन लागेको भीडले सोलार
प्रविधिका विक्रेकताहरु निकै उत्साही देखिए ।
प्रदर्शनीमा १ हजारदेखि लाखौं मूल्य पर्ने सोलार
सिस्टमहरु राखिएका छन् । सहरी क्षेत्रमा १ सय
वाटसम्मको सोलर सिस्टम खरिद गर्नुभएमा तपाईंलाई
कुनै अनुदानको व्यवस्था छैन । तर, त्यो भन्दा माथि
सोलार खरिद गर्नुभयो भने तपाईंलाई सरकारी
तवरबाटै अनुदानकै व्यवस्था पनि छ ।
तपाईंले आफ्नो घरमा १० देखि १२ वटा बिजुली बत्ति
बाल्नुहुन्छ भने एकपटक २५ हजार रुपैयाँ खर्च गरेर ५०
वाटको सोलार राख्नुस्, घरको अँध्यारो हट्छ ।
लाइन नहुँदा टीभी हेर्न र ल्यापटप चार्ज गर्ने हो सय
वाटको सोलार बिजुली राख्नु उपयुक्त हुन्छ । र,
यसमा कुनै सरकारी अनुदानको व्यवस्था भने छैन । एक
सय वाटभन्दा माथिको सौय उर्जाका लागि शहरी
क्षेत्रमा पनि सरकारले अनुदान र सहुलियत ऋणको
व्यवस्था गरेको छ ।
५० देखि ७५ हजार रुपैयाँ पर्ने सौर्य उर्जाका लागि
तपाईँलाई सरकारले ऋणको पनि व्यववस्था गर्न सक्छ ।
त्यो पनि २ दशमलव २५ प्रतिशतको सहुलियत ब्याज
दरमा । ऋण लिन घरमा जडान हुने सोलार प्रणाली नै
धितोका रुपमा रहने व्यवस्था छ ।
बैंकले लिने ९ प्रतिशत मध्ये ७ दशमलव ७५ प्रतिशत ब्याज
सरकार आफैंले तिर्नेछ । सो ऋण ५ वर्षसम्म
किस्ताबन्दीमा तिर्ने गरी सिभिल र एनएमबी बैंकसँग
लिन सकिनेछ ।
यदि घरमा १५ वटासम्म बल्ब बाल्ने, लाइन नहुँदा एक
घण्टासम्म टीभी हर्ने तथा राइस कुकरमा खाना
बनाएर खाने तपाईंको सोच छ भने बैंकको
किस्ताबन्दी स्वरुप पाँच वर्षसम्म मासिक २५ सय खर्च
गर्ने तत्परता आवश्यक हुन्छ ।त्यस्तै १० वाटदेखि ५ सय
वाटसम्मका सोलारको जडान खर्चबाट पाउन सकिने
सुविधाहरु फरक-फरक छन् ।
पाँचसय वाट भन्दा माथिको सोलार राख्ने शहरी
बासिन्दालाई सरकारले १५ हजार रुपैयाँ जडान खर्च
पनि अनुदानमा उपलब्ध हुनेछ । सौर्य प्रणालीमा
राखिने ब्याट्रीको गुणस्तरका आधारमा पनि केही
खर्च थपघट हुने केन्ऽले जनाएको छ ।
यो सुविधा विद्युतीकरण भएका शहरी क्षेत्रका
बासिन्दाका लागि मात्र हो । ग्रमीण क्षेत्रका
लागि झ ठूलो रकम अनुदानको व्यवस्था छ ।
प्रदर्शनीमा यस्ता सुविधाहरु दिन थुप्रेै सोलार
कम्पनीहरु उपस्थित छन् ।
बायु उर्जाबारे चासो
पछिल्लो समय बायु उर्जाबारे निकै बहस भइरहेका छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली
निकालेर भएपनि एकवर्षमा लोडसेडिङ अन्त्य गर्ने
बताएपछि यस विषयमा निकै चर्चा चुलिएको छ ।
यही सन्दर्भमा नवीकरणीय उर्जा प्रदर्शनीमा
हावाबाट बिजुली निकाल्ने प्रविधि पनि
राखिएको छ । धेरैले त्यसलाई चासोका साथ
हेरिरहेको छन् । वायु उर्जा काठमाडौंका असपासका
क्षेत्रमा सम्भव छ ।
धेरै हावा चल्ने डाँडामा यो प्रविधि जडान गर्न
सकिन्छ । नेपाल टेलिकमसहित मोबाइल सेवा
प्रदायकहरुले विद्युतीकरण नभएका ठाउँमा बीटीएस
टावर राख्दा बायु उर्जा प्रविधिको प्रयोग गरेका
छन् । काठमाडौंको रामकोट लगायतका क्षेत्रमा
पनि सर्वसाधरणले यसको प्रयोग गरेको बायु उर्जा
प्रविधिका विक्रेताहरु बताउँछन् ।
५ सय वाटको बायु उर्जा प्रविधि जोड्न साढे २
लाखदेखि ३ लाख रुपैयाँ खर्च हुन्छ । त्यसबाट घरमा
१५/२० वटा बत्ति बाल्न, ल्यापटप र मोबाइल चार्ज
गर्न र टिभी र राइसकुकर चलाउन पर्याप्त हुन्छ । जति
ठूलो क्षमताको वायु उर्जा जोडियो त्यसबाट उति
बढी विद्युत खपत गर्न पाइन्छ ।
बायोग्यास र आधुनिक चुल्होको चर्चा
काठमाडौंमा सरकारले नै दाउरा बेच्न थालेको छ ।
ग्यास र मटितेल पाईंदैन । यस्तो अवस्थमा प्रदर्शनीमा
आधुनिक र सुधारिएको चुल्हो किन्न पनि सर्वसाधरण
ओइरिएका छन् ।
विभिन्न मूल्यका अनेका प्रकारका चुल्हो
प्रदर्शनीमा छन् । दाउरे युगमा फर्किएको
काठमाडौंमा चुल्हो किन्नेको घुइँचो अच्चम लाग्दो
छ ।
तर, कम दाउरा खपत हुने, धुवाँ कम आउने, बि्रगेड बाल्न
पनि मिल्ने, सस्तो र बलियो चुल्हो किन्न
चाहानेका लागि प्रदर्शनी उपयोगी बनेको छ ।
प्रदर्शनीमा वायोग्यास, सुधारिएको घट्ट र
लघुजलविद्युतका प्रर्वदनात्मक स्टलहरु पनि छन् । तर,
यी शहरी क्षेका लागि खासै उपयोगी नहुने भएकाले
खासै यसमा उपभोक्ताको आर्कषण देखिएको छैन ।
चार्जेबल बत्तीको सनसनी
लोडसेडिङ बढेपछि चार्जेबल बत्तिको खोजी नहुने कुरै
भएन । नवीकरणीय उर्जाको प्रदर्शनी भएपनि केही
स्टलमा चार्जेबल बत्तिहरु पनि बिक्रीमा राखिएका
छन् । विभिन्न ब्राण्ड, मुल्य र प्रकृतिका ती बत्ति
कन्नि पनि उपभोक्ता झुम्मिएका छन् ।
सबैलाई लोडसेडिङले दिने अध्यारो हटाउने चिन्ता
देखिन्छ । नवीकरणीय उर्जामार्फत लोडसेडिङको
तनाव कम गर्न पुगेका उपभोक्ताले इन्डक्सन चुल्हो,
विद्युतीय खाना पकाउने भाडोसम्म किन्न पाएका
छन् ।
नवीकरणीय उर्जा प्रदर्शनी जेनेरेटरको भरमा
भृकुटी मण्डपमा ३ दिन सम्म चल्ने नवीकरणीय उर्जाको
प्रदर्शनीले कति उपभोक्तालाई राहत देला भन्ने एउटा
पाटो हो । तर, नवीकरणीय उर्जाबारे जानकारी
दिन र त्यसका प्रबिधिको प्रर्वन गर्न चलिरहेको
प्रदर्शनी भने अनवीकरणीय उर्जाको भरमा छ ।
लोडसेडिङको समय भएपछि शुक्रबार दिउँसोभर
प्रदर्शनी स्थललाई झिलिमिली बनाउन जेनेरेटर
चलाइएको थियो । नवीकरणीय उर्जा प्रर्वद्धनका
लागि लागि आयोजित मेला स्थलमा जेनेरटर प्रयोग
गर्नुपर्ने आयोजककाके बाध्यता नै हो ।
तर, नवीकरणीय उर्जाको प्रदर्शनीमा चलेको चर्को
स्वरको जेनेरेटरको आवाजले मेलास्थललाई गुञ्जिरहँदा
सरकारको काम गर्ने शैलीलाई गिज्याइरेको महसुश
हुन्थ्यो ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...