-->
धर्म गुरुसहित साउदीमा एकै दिन ४७ जनालाई मृत्युदण्ड


पुस १८
साउदी – शिया धर्मगुरु शेख निमर अल
निमरसहित ४७ जनालाई साउदी
अरेबियामा एकै दिन मृत्युदण्ड दिइएको
छ । साउदीको गृह मन्त्रालयले आज
मृत्युदण्ड सुनाइएका अधिकांश सन् २००३
देखि ०६ सम्म अलकायदाले गरेका
विभिन्न आक्रमणमा सहभागी रहेको
जानकारी दिएको छ ।
यता, धर्म गुरु निमरलाई मृत्युदण्ड
दिइएकोमा इरानले साउदी अरबलाई
‘निकै भारी मूल्य चुकाउनुपर्ने’ चेतावनी
दिएको छ ।
गत वर्षको अक्टोबरमा साउदी
अरेबियाको सर्वोच्च अदालतले
निमरको मृत्युदण्डको माफीको
अपिललाई खारेज गरेको थियो ।
साउदी अरेबियाको पूर्वी प्रान्त
क्वाटिफका निमर चर्चित शिया
नेतामध्ये एक रहेका छन् । उनी सत्तारुढ
अल सायद परिवारको खुल्ला रुपमा
आलोचना गर्ने र निर्वाचनको माग
गर्नका लागि चिनिन्छन् ।
प्रजातान्त्रिक माग गर्ने निमरलाई सन्
२०१२ मा पक्राउ गरिएको थियो ।
त्यतिबेला भड्किएको हिँसामा तीन
जनाले ज्यान गुमाएका थिए ।
साउदीको गृहमन्त्रालयले निमरविरुद्ध
प्रहरीमाथि हमला गरेको र शिया
इरानका लागि काम गर्ने गरेको आरोप
लगाएको थियो ।ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.