पुस १८
काठमाडौं–ग्लोबल आइएमई बैंकले नवौँ
बर्ष पूरा गरि दशौँ बर्षमा प्रबेश गरेको
अवसरमा बिभिन्न कार्यक्रमको
अयोजना गरेको छ । नवौँ
बार्षिकोत्सवको अवसरमा बैंकले आज
राजधानीमा वित्तिय साक्षरता
जगाउने उद्धेश्यले प्रभातफेरी
कार्यक्रमको आयोजना गरेको छ ।
“बचत गरौँ” भन्ने मूल नाराका साथ
काठमाण्डौँमा आयोजना गरिएको
प्रभातफेरी कार्यक्रममा उपत्यकामा
कार्यरत ६ सय ५० भन्दा बढि
कर्मचारीहरुको उपस्थिती रहेको
थियो । प्रभातफेरी कार्यक्रम बैंकको
कान्तिपथ शाखादेखि सुरु भएर
दरबारमार्ग, घण्टाघर, रत्नपार्क,
शहिदगेट, धरहरा न्यूरोडगेट,
बीरहस्पिटल, जमल हुदै पुन कान्तिपथ
शाखामा नै आएर समापन गरिएको
थियो ।
त्यस्तै बैंकले नवौँ बार्षिकोत्सवको
अवसरमा शुक्रबार रक्तदान र निःशुल्क
मधुमेह परिक्षण कार्यक्रमको आयोजना
गर्यो । “रक्तदान नै जीवन दान” भन्ने
मूल नाराका साथ आयोजना गरिएको
रक्तदान कार्यक्रममा बैंकका
कर्मचारीहरुको उल्लेख्य सहभागिता
रहेको थियो ।
रु ६.१६ अर्व चुक्ता पूँजि, ६३ अर्व कुल
निक्षेप, ५३ अर्व कर्जा लगानी रहेको
ग्लोबल आइएमई बैंकले मुलुकका १४ वटै
अञ्चलबाट ८९ वटा शाखा, ६ वटा
एक्सटेन्सन काउण्टर, १० वटा राजश्व
संकलन काउण्टर, ९४ वटा एटीएम, ३९ वटा
शाखारहित बैंकिङ्ग सेवा मार्फत ५
लाख भन्दा बढि ग्राहकहरु लाई सेवा
प्रदान गर्दे आईरहेको छ ।रातोपाटीबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...