-->
बालबालिकालाई कपडा बाँड्न कलाकार


नयाँ नेपाल समाजमा रहेका ६० जना
बालबालिकालाई हेल्प फर ह्यूमनले जाडोको कपडा
वितरण गरेको छ । समाजमै पुगेर त्यहाँ रहेका ६० जना
बालबालिकालाई जाडोमा लगाउने कपडा वितरण
गरिएको समाजका अध्यक्ष रमण रिझन सुवेदीले
जानकारी दिए ।
जाडोमा लगाउने कपडा वितरण गर्नका लागि
कलाकारको टोली पुगेको थियो । गायक रुपक
डोटेल, सपन श्रेष्ठ, संजिव पुडासैनी, सुनिल गिरी, प्रवेश
लिम्बु, गायिका रेश्मा सुनुवार, आंकाक्षा बस्याल,
मोडलद्धय पल शाह र निराजन प्रधान, एसियन
म्यूजिकका प्रवन्ध निर्देशक इश्वर गुरुङ समाजमा पुगेका
थिए । उनीहरुको हातबाट बालबालिकालाई कपडा
वितरण गरिएको थियो ।
कलाकारहरुको टोली पुग्दा समाजमा रहेका
बालबालिका पनि खुशी देखिए । कलाकारहरुले पनि
यस्तो समाजसेवामा सहभागी हुन पाउँदा खुशी व्यक्त
गरेका थिए ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.