काठमाडौं, १८ पुस । महिलालाई पुरुषले पछि पारेको
गुनासो गर्ने महिला नेतृहरुले पिएका रुपमा आफैले
पुरुषलाई मात्रै विश्वास गर्छन् ।
कांग्रेसका ५२ महिला सांसदमध्ये पुरुष पिए राख्ने ४०
जना र महिला पिए राख्ने ९ जना मात्रै छन् । नयाँ
पत्रिका दैनिकले समाचार छापेको छ ।
एमालेका ४५ महिला सांसदमध्ये पुरुष पिए राख्ने ३३ र
महिला पिए राख्ने १२ जनामात्रै छन् ।
यसैगरी एमाओवादीका २७ महिला सांसदमध्ये पुरुष
पिए राख्ने १८ र महिला पिए राख्ने ९ जना छन् ।
अन्य दलका ४९ महिला सांसदमध्ये पुरुष पिए राख्ने ३१
र महिला पिए राख्ने १८ जना छन् ।
मनोनित चार सांसदमध्ये पुरुष पिए राख्ने दुई र महिला
पिए राख्ने दुईजना छन् ।
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख
ओनसरी घर्ती, एमाले महासचिव इश्वर पोखरेल पत्नी
मीरा पोखरेल ध्वजु, सांसद सुशीला नेपाल,
पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, कांग्रेसका
पूर्वसचेतक कमला पन्तदेखि आरजु राणा देउवाले पुरुष
पिए राखेका छन् ।
पुरुष पिए राख्ने महिला सांसदहरु सुरक्षा र काममा
सहजताका कारण महिलालाई स्वकीय सचिव
नबनाएको जिकिर गर्छन् । दुबै बराबर भएकाले पुरुषलाई
पिए राखेको उनीहरुको तर्क छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...